News Portal

शुक्रबार शताक्षीले युके अध्ययनबारे भर्चुअल सेमिनार गर्दै

मोटिभेटन्यूज संवाददाता
७४ पटक

काठमाडौं – शताक्षी एजुकेशनल फाउण्डेशनले आउँदो शुक्रबार युके अध्ययन सम्बन्धी भर्चुअल सेमिनार गर्ने भएको छ । युके अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सहि परामर्श दिनका लागि शुक्रबार सेमिनार गर्न लागिएको हो ।

उक्त सेमिनारमा युनिभर्सिटी अफ चेस्टर इङ्ल्यान्डको सहभागिता रहने शताक्षीले जनाएको छ । युके कै उत्कृष्ट बिश्वबिद्यालयभित्र पर्ने युनिभर्सिटी अफ चेस्टर एक सय एकासी बर्ष पुरानो विश्वविद्यालय हो । त्यहाँ विद्यार्थीलाई ३ सय भन्दा धेरै कोषहरु छान्ने अवसर प्राप्त हुन्छ ।

‘चेस्टरमा विभिन्न फ्याकल्टी गरेर ३ सय बढि विषयहरु छान्न पाइन्छ’ शताक्षी एजुकेशनल फाउन्डेसनका प्रबन्ध निर्देशक उमेश ढुङ्गेलले भने, ‘त्यहाँ अन्डरग्याजुएट र पोष्ट ग्रयाजुएटमा ३ सय कोर्ष छन । हेल्थ केयर, सोसल साइन्स, ह्युम्यानिटीज्, बिजिनेस एण्ड मेनेजमेन्ट, आट्स् एण्ड मिडिया, मेडिसिन, डेन्टेस्टृटी, चाइल्ड केयर लगायतका बिषयहरु अध्ययन गर्न पाइन्छ ।’

युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर सेमिनारको आयोजना गरिएको बताउँदै उनले यसबाट लाभ लिन विद्यार्थीलाई अपिल गरेका छन । मोटिभेटसँग कुरा गर्दै ढुङ्गेलले भने, ‘शताक्षी एजुकेशनल फाउन्डेसनले आगामी शुक्रबार अर्थात अक्टुवर १६ तारिकका दिन नेपाली समय दिनको ३ बजेदेखि देखी ४ बजेसम्म भर्चुअल इन्फर्मेसन सेसन सञ्चालन गर्दैछ । उक्त सेमिनारमा चेस्टर युनिभर्सिटीको बारेमा जानकारी पाउनका साथै युके अध्ययनमा आउने समस्य र त्यसको समाधानका विषयमा पनि जानकारी दिइने छ ।’

उक्त सेमिनारमा विश्वविद्यालयकी अन्तर्राष्ट्रिय प्रतिनिधि एली शिद्कीले विद्यार्थीलाई परामर्श दिने ढुङ्गेलको भनाई छ । उनीसँग विद्यार्थीहरुले सिधै छलफल गर्न सक्ने र युके अध्ययनका बारेमा आफ्ना जिज्ञासा राख्न सक्ने छन् ।

हरेक हप्ताको शुक्रबार अनलाइन सेमिनार गर्दै आएको शताक्षीले यो सेमिनारलाई विशेष भनेको छ । विश्वको उत्कृष्ट विश्वविद्यालयमा पर्ने युनिभर्सिटी अफ चेस्टरका प्रतिनिधिको प्रत्यक्ष सहभागिता हुने र विद्यार्थीले धेरै भन्दा धेरै लाभ लिनसक्ने भएकाले यसलाई विशेष भनिएको हो ।

यो सेमिनारमा विद्यार्थीले विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, त्यहाँको बसाईका बारेमा आफ्ना कुरा राख्नुका साथै विश्वविद्यालयमा अध्ययनका लागि आवश्यक योग्यता, कागजात, भिसा पोलिसि, लागतखर्च लगायत सम्पूर्ण विषयमा जानकारी लिन सक्नेछन् ।

उक्त सेमिनार जुम मार्फत गरिने शताक्षीले जनाएको छ । सेमिनारमा सहभागिताका लागि शताक्षीको केन्द्रीय कार्यलय डिल्लिबजार टेलिफोन मार्फत नाम दर्ता गराउन सकिने छ । सिधै शताक्षीका प्रबन्ध निर्देशक उमेश ढुङ्गेलाई फोन वा एसएमएस गरेर पनि नाम गर्ता गरी मिटिङ आइडी लिन सकिने छ । त्यसका लागि उमेश ढुङ्गेलको मोवाइल नम्बर ९८५१००२५५९ मा फोन वा एसएमएस गर्न सकिने छ ।

२०७७ असोज २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्