News Portal

म्याचिङ नहुँदा शुरु भएन जनरल इन्स्योरेन्सको शेयर कारोबार

मोटिभेटन्यूज संवाददाता
१०७ पटक

काठमाडौं – मंगलवारदेखि कारोबारयोग्य भएपनि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको शेयर कारोबार भने हुन सकेन ।

जनरल इन्स्योरेन्सको मंगलवार आज देखि दोस्रो बजारमा कारोबार गर्न सकिने गरी असोज २६ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो ।

तर, असोज २७ गते मंगलबार स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार हुन सकेन । स्पेशल प्रि ओपन सेसनमा कारोबार नभएपछि मंगलवार नियमित सेसनमा इन्स्योरेन्सको शेयर कारोबार नहुने भएको छ ।

इन्स्योरेन्सले पहिलो कारोबारको लागि १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो ।

भोलिको स्पेशल प्रि ओपन सेसनमा म्याचिङ्ग भइ कारोबार भएपछि मात्रै नियमित सेसनमा कारोबार गर्न पाइने व्यवस्था रहेको छ ।

२०७७ असोज २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्