नेकपामा फेरी भाँडभैलो : नेपाल पक्षले आन्दोलन गर्ने, प्रचण्ड पक्ष सरकारबाट बाहिरिने


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, असोज २८ २०७७
88.2K
SHARES

काठमाडौं – सक्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा फेरी भाँडभैलो सुरु भएको छ । आफ्नो पक्षका नेताहरुलाई मात्र मन्त्री बनाएको भन्दै भाँडभैलो सुरु भएको हो ।

बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पक्षका तीन नेतालाई अप्रत्यासीत रुपमा मन्त्री बनाएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधब कुमार नेपाल पक्ष झस्किएको हो । कर्णाली प्रदेशमा भएको किचलो सेलाउन नपाउँदै बदला लिन केन्द्रमा प्रहार गरेको भन्दै नेपाल पक्षले असन्तुष्टि पोखेको छ ।

प्रधानमन्त्री ओली स्थायी कमिटीको निर्णय र कार्यदलको सुझावलाई पूृर्णतः बेवास्ता गरेर मनपरी ढंगबाट अघि बढेको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएको छ । प्रधानमन्त्रीले बुधबार अपरान्ह मन्त्रिपरिषद पुनर्गठन गरेर राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भइसक्दा पनि झलनाथ खनाल, माधवकुमार नेपाललगायत सचिवालयका नेताहरुले यसबारे सुइँकोसम्म पाएका थिएनन् । यद्यपी प्रचण्ड भने यस विषयमा जानकार रहेको बुझिएको छ ।

जबकि विगतको स्थायी कमिटी बैठक र त्यसबाट गठित कार्यदलको सुझावमा पार्टीको सहमतिमा सरकार सञ्चालन गर्ने भनिएको माधव नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयलाई कुनै पनि जानकारी नदिई मन्त्रिपरिषद पुनर्गठन गरेर मनपरी गरेको माधव नेपाल पक्षका एक नेताको भनाई छ ।

नाम उल्लेख नगर्ने शर्तमा ती नेताले भने, ‘प्रधानमन्त्रीले सचिवालयमा छलफलै नगरी मनपरी ढंगबाट निर्णय गर्नुभएको छ, माधव र झलनाथ कमरेडहरुलाई थाहै नदिई मनपरी ढंगबाट निर्णय भएको सुनियो ।’

‘यसको परिणाम राम्रो हुँदैन’ आक्रोषित हुँदै ती नेताले भने, ‘हामी यसको बदला लिएर छोड्छौं । अब प्रदेश १ र बागमति प्रदेशमा देखाइन्छ । यसलाई एक किसिमको आन्दोलन भनेरै लिश्लेषण गरौं । हामी प्रदेशमा निर्णायक आन्दालन गछौं ।’

पूर्वमाओबादी सरकारबाट बाहिरिने तयारी

प्रधानमन्त्रीको गतिविधिले दिक्क भएका पूर्व माओबादीबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजिनामा दिने तयारी गरेको बुझिएको छ । प्रचण्डलाई देखाइदिन मन्त्रीमण्डर पुनरगठन गरेको भन्दै छलफल गरेर सरकारबाट बाहिरिने तयारी गरेको पूर्वमाओबादीको कोटाबाट स्थायी समिति सदस्य बनेका एक नेताले बताए ।

‘अध्यक्ष कमरेडसँग सल्लाह हुँदैछ । सकेसम्म मिलेरै जाने कोशिस हाम्रो हो भनेर अध्यक्षको प्रतिक्रिया आएको छ ।’ ती नेताले भने, ‘तर मन्त्रीहरुले यही अवस्थामा सरकारमा बसिरहनुको कुनै तुक छैन् भनेर अडान लिएका छन ।’

प्रधानमन्त्रीले थपेका नयाँ अनुहार मध्ये महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेबारी पाएका सिराहाका लीलानाथ श्रेष्ठको प्रचण्डसँग राम्रो सम्बन्ध छैन । प्रचण्डले किनारामा लगाएका श्रेष्ठलाई मन्त्री बनाएपछि उनी प्रधानमन्त्रीसँग रुष्ट भएको बताइएको छ ।
प्रचण्डपीडित नेताको उपमा पाएका श्रेष्ठलाई मन्त्री बनाएर प्रचण्डलाई मनोवैज्ञानिक सन्देश दिएको बुझाई पूर्वमाओबादी पक्षको छ ।