News Portal

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुँदै

मोटिभेटन्यूज संवाददाता
५४१ पटक

काठमाडौं – सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट भोली हुने भएको छ । इन्स्योरेन्सले भोली अर्थात असोज ३० गते आईपीओ बाँढफाड गर्ने तयारी गरेको छ ।

इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरको शेयर भोली बाँडफाँट गर्ने लागेको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

इन्स्योरेन्सको आईपीओ भोली बिहान साढे ८ बजे क्यापिटलको कार्यालयमा गर्ने तयारी गरिएको क्यापिटलले जनाएको छ । इन्स्योरेन्सको प्रि एलटमेन्ट हिजो अर्थात बुधबार साँझ गरिएको थियो। प्रि एलटमेन्टको डाटा नेपाल धितोपत्र बोर्डमा पठाइएको र बोर्डबाट स्वीकृत भएमा भोलि बिहान बाँडफाँट गरिने क्यापिटलले जनाएको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणका लागि बाँकी २७ लाख ३० हजार कित्ता शेयर बिक्री गरिएको थियो।

यस अनुसार आवेदन दिएकामध्ये भाग्यमानी २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्न सक्नेछन्। एनआईसी एशिया क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ८ लाख ८३ हजार ६२४ वटा आवेदन परेको थियो।

२०७७ असोज २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्