News Portal

निर्मला हत्याकाण्ड : उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कांग्रेस नेता रमेश लेखक धर्नामा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४२२ पटक
काठमाडौं

असोज २१, काठमाडौं – निर्मला पन्त हत्याकाण्डको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले धर्ना बस्न कन्चनपुर पुगेका छन्  ।

सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनमा पुगेर नेता लेखकले आइतबार बिहान ऐक्यवद्धता जनाउँदै धर्नामा बसेका हुन् ।

उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग राख्दै कञ्चनपुरमा नागरिक संघर्ष समितिले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी १३ वर्षीया निर्मला पन्तका हत्यारा अझैसम्म पक्राउ पर्न सकेका छैनन् । निर्मलालाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौ लगायतका विभिन्न जिल्ला आन्दोलन हुँदै आएको छ ।

२०७५ असोज २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्