News Portal

गुण्डागर्दीमा उत्रिने सांसद दुलाललाई झट्का, दुई बर्ष कैद हुन सक्ने

मोटिभेटन्यूज संवाददाता
३२८ पटक

काठमाडौं – गुण्डागर्दी शैलिमा स्थानिय जनताको घरको पर्खाल भत्काउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश प्रसाद दुलाललाई उच्च आदलत पाटनले जवाफ पेश गर्न आदेश दिएको छ । गुण्डागर्दी शैलिमा घरको पर्खाल भत्काएपछि स्थानियले उच्च अदालत पाटनमा परमादेश जारी गर्न माग गर्दै मुद्धा दर्ता गरेका थिए । उक्त मुद्धाको सुनुवाई गर्दै उच्च अदालत पाटनले सांसद दुलालसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

अदालतका न्यायधिस गुरुराज ढुंगेलको एकल इजलासले सांसद दुलालसहित उनकी श्रीमति हुमादेवी आचार्य, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष, महानगरीय प्रहरी परिषर टेकु, महानगरिय प्रहरी बृत नयाँ बानेश्वर, जिल्ला सरकारी वकिलको कार्यलय लगायतलाई जानकारी पाएको १५ दिनभित्र (बाटोको म्याद बाहेक) जवाफ पठाउन आदेश दिएको हो ।

अदालतको परमादेशमा भनिएको छ, ‘उक्त घटनामा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश जारी किन हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटोका म्याद बाहेक १५ दिन भित्र जवाफ पेश गर्नु ।’ अदालतले महानगरीय प्रहरी परिषर टेकु, महानगरिय प्रहरी बृत नयाँ बानेश्वर, जिल्ला सरकारी वकिलको कार्यलयलाई सरकारी वकिल कार्यलय पाटन मार्फत र अन्यलाई आफै वा आफ्नो प्रतिनिधि मार्फत जवाफ पठाउन भनेको छ ।

लकडाउनको वेलामा बाटो खुलाउने भन्दै सांसद दुलालले स्थानिय युवाहरुलाई जम्मा गरी स्थानियको घर तथा घरको पर्खाल भत्काउन लगाएका थिए । काठमाडा क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित बाग्मती प्रदेशसभा सांसद दुलालले गैरकानुनी रुपमा स्थानियहरुको घरहरु भत्काएपछि पीडित स्थानियहरु अदालतमा परमादेश सहितको उपयुक्त आदेश गरी पाउँ भन्दै अदातल गएका थिए ।

उक्त मुद्धामा सांसद दुलाल दोषि देखिएको पाइएका दुई बर्षसम्मको कैद सजाए हुने कानुनी व्यवस्था छ । हुलहुज्जत गरी अर्काको घरमा क्षति पुर्याउन गएकाले उनलाई हुलहुज्जत गरेको ठहरीने बरिष्ठ अधिबक्त बोणबहादुर कार्कीको भनाई छ ।

यस बारेको पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

२०७७ असोज २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्