News Portal

बाबुराम भट्टराईले खोले प्रधानमन्त्रीको अर्को पोल

मोटिभेटन्यूज संवाददाता
२१९ पटक

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को पोल खोलेका छन् । डा. भट्टराईले भ्रष्टाचार प्रकरणका बारेमा उच्चस्तरीय र निश्पक्ष छानबीन गर्न रोकेर भ्रष्टचारलाई बढवा दिएको भन्दै पोल खोलेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भ्रष्टचारीलाई कारबाही गर्न कसले रोकेको छ भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन्,‘प्रम को भ्रष्टाचारप्रति सॉच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षाप्रेस, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय निष्पक्ष छानवीन गर्न कसले रोकेको हो ? कुराले हैन काम गरेर देखाउनोस्न ! नत्र ढॉटको कुरा खाई पत्याउनु…’

उनको आसय केपि शर्मा ओली भ्रष्टाचारीलाई संरक्षण गर्दै आफ्नो भागमा पनि केही प्रतिशत परेको हुनाले चुप लागेको भन्ने हो । यसरी भ्रटाचारीको फायल तामेलीमा राखेर भ्रष्टाचारलाई प्रसय दिएको आरोप भट्टराईको छ ।

२०७७ असोज ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्