News Portal

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, नेविसंघ र विधान संशोधनमा के निर्णय होला ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२९ पटक
काठमाडौं

असोज २१, काठमाडौं – विधान संशोधनको विषयमा तयार पारेको प्रारम्भिक मस्यौदामाथि छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको हो ।

आजको केन्द्रीय समितिमा विधान संशोधन मस्यौदा समितिले गरेको कामकारबाहीबारे गम्भीर छलफल हुनुका साथै र नेपाल विद्यार्थी संघको महाधिवेशनबारे छलफल हुनेछ। पछिल्लो समय नेपाली राजनीति, सरकारको काम कारबाहीको विषयमा पनि गहन छलफल हुने एक नेताले जानकारी दिए ।

नेविसंघको महाधिवेशन कातिक १६ बाट तोकिए पनि उमेर हदबारे संस्थापन पक्ष र पौडेल पक्षबीच सहमति हुन नसकेको कारण निर्वाचन कार्यतालिका अनुसार काम अगाडि बढ्न सकेको छैन । कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन समिति बनाएर प्रारम्भिक मस्यौदासमेत तयार पारेर सातै प्रदेशबाट सुझाव संकलन गरिसकेको छ।

२०७५ असोज २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्