रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीका म्यानेजरको संकास्पद मृत्यु


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, कार्तिक १ २०७७
30.4K
SHARES

कञ्चनुर – रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीका म्यानेजरको संकास्पद मृत्यु भएको छ । कम्पनीको कञ्चनपुर स्थित कार्यालयमै बेहोस अवस्थामा फेला परेका उनको अस्पतालमा मृत्यु भएको हो ।

कम्पनीका शाखा म्यानेजर गणेश साउदको धनगढीको माया मेट्रो अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार दिउँसो २ बजे कार्यकक्षमै उनी बेहोस भएको अवस्थामा फेला परेका थिए।

उनलाई उपचारका लागि कार्यालयका कर्मचारीले धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याएका थिए। स्थायी ठेगाना बैतडी जिल्लाको सुर्नया गाउँपालिका–४ घर भएका उनी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोल बस्दै आएका थिए।

घटनास्थल नजिकैबाट सल्फासको बोतल फेला परेको प्रहरीले जनाएको छ। ‘वान्ता गरेको र बेहोस भएर ढलेको अवस्थामा फेला परेपछि उपचारका लागि धनगढी ल्याएको भए पनि उनको अवस्था बिग्रिएपछि मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले भने।

अहिले उनको शवलाई पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। पोष्टमार्टमको रिपोर्टको आधारमा घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ।