News Portal

प्रेरक प्रसंग : दृढ संकल्प र विश्वास भए उमेरले केही फरक पार्दैन

मोटिभेटन्यूज संवाददाता
६३ पटक

काठमाडौं – तपाईहरुले पनि नोटिस गर्नुभएको होला, सर्कसमा अजङको हात्तीलाई झिनो सिक्रीले सानो किलामा बाँधेको हुन्छ तर पनि हात्तीले त्यो किलो उखेलेर भाग्ने प्रयास गर्दैन । किन ? के उ सँग त्यो नाथे किलो उखेल्ने शक्ति नभएको हो ?

कुरा त्यस्तो होइन । विश्वास नभएको हो । हात्तीलाई त्यो किला उखेल्न सक्छु भन्ने विश्वास नभएर हो । उसले शक्ति होइन विश्वास गुमाएको छ ।

उमेरले फरक पार्दैन यदि तपाईसँग केही गर्ने दृढ संकल्प र विश्वास छ भने । तपाई जुनसुकै उमेरमा चमत्कार गरेर देखाउन सक्नुहुन्छ । सम्मानका साथ बाच्न सक्नुहुन्छ ।

हार स्वीकार गर्ने वा कसैको भरमा पर्नुपर्ने आवश्यकता छैन । तपाई सन्तान भन्दा अघि बढेर केही गर्नुहोस् । तपाईको छोरा नेपालीमा कविता लेख्छ भने तपाई अंग्रेजीमा कविता लेख्नुहोस् । छोरी समाजशास्त्री छिन् भने तपाई दर्शनशास्त्री बन्नुहोस् । सधैँ परिवर्तनको पक्षेमा रहनुहोस् र आशावादी हुनुहोस् ।

२०७७ कात्तिक १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्