News Portal

समाजसेवामा रमाउने कुँवरले फेरि गरे राहत बितरण

मोटिभेटन्यूज संवाददाता
३१ पटक

काठमाडौं – काठमाडौं बाफलकासमाजसेवी ताराबहादुर कुँवरले शनिबार २४ औं चरणको राहत वितरण गरेका छन् । कुँवरले अहिलेसम्म १५ सय जनालाई राहत बाँडेका छन् ।

बडादशैं, दीपावली , नेपाल सम्वत, तथा छठसहित अन्य पर्वको शुभकामनासँगै राहत वितरण गरिएको कुँवरले बतााए ।

केही मानिसलाई दैनिकी चलाउन समस्या भइरहेकाले आफूले सहयोग गरेको उल्लेख गरे । उनले अप्ठ्यारो परेका सबैलाई आउन समेत सार्वजनिक रुपमै सामाजिक सञ्जालमार्फत आव्हान गरेका छन् । उनले कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेदेखि नै हरेक साता राहत वितरण गर्दै आएका छन् । उनले अघिल्लो शनिबार पनि नौमती बाजा बजाउनेसहित ५० जनालाई राहतस्वरुप चामल, दाल, नुन, तेललगायतका सामग्री वितरण गरेका थिए । उनी कहिल्यै पनि अरुको दुःख हेर्न नसक्ने बताउँछन् । ‘राहत वितरण गर्न पाए स्वर्गमै पुगेजस्तो लाग्छ’ उनले भने ‘ मानिसको मन हो, मन भएपछि सबै कुरा भगवानले जुराउँछन्, कहिलेकाहीँ त मलाई समाजसेवा गर्न नै पठाएजस्तो लाग्छ ।’

शनिबारको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका मकवानपुरका नेता जयराम लामिछाने प्रमुख अतिथिका रुपमा थिए । कुँवरलेले राहत वितरणसँगै रक्तदान अभियान पनि चलाएका छन् ।

पाँच पटकमा गरी १ सय ६३ जनाले रक्तदान गरेका छन् । उनी नेपाल हेभी इक्विपमेन्ट व्यवसायीका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका पनि सञ्चालक हुन् ।

 

२०७७ कात्तिक १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्