News Portal

चीनले बनाएको कोरोना खोपको बिक्रि सुरु

मोटिभेटन्यूज संवाददाता
२०२ पटक

बेइजिङ – चीन बनाएर परिक्षणकै क्रममा रहेको कोरोना भाइरस विरुद्धको खोप बिक्रि थालिएको छ । परीक्षणकै चरणमा रहेको खोप अर्थात् एक्सपेरिमेन्टल खोप विक्रि गरिएको हो । यो खोप किनेर लगाउनेको संख्यामा वृद्धि भएको छ ।

सांघाइको दक्षिणस्थित जिआसिङ शहरमा नागरिकले यो खोप किनेरै लगाएका छन भने एक कम्पनीले विदेश जाने छात्रछात्रालाई यो खोप निःशुल्क लगाइरहेको छ ।

खोप धेरै जोखिमको सामना गरिरहेको समूह जसमा शहरमा सामान्य क्रियाकलाप जारी राख्न आवश्यक काम गर्न प्राथमिकता पाउने तर जसलाई यसको अत्यन्तै आवश्यक छ, उनीहरूले पनि पाउने घोषणा गरिएको छ।
यो खोप ४६ पाउन्डमा उपलब्ध छ। खोप आफै क्लिनिकल ट्रायलको अन्तिम चरणमा भए पनि हालसम्म यसले अनुमति पाएको छैन।

चीनको खोप बनाउने एक कम्पनी चाइना नेसनल बायोटेक ग्रुपले विदेशमा पढ्न जाने विद्यार्थीलाई आफ्नो खोप निःशुल्क दिने प्रस्ताव गरेको छ। हाल चीनमा औषधि कम्पनीसँग पाँच खोप छन् जुन परीक्षणको अन्तिम चरणमा पुगेका छन्।

औषधि प्रयोगमा ल्याउने सम्बन्धमा व्यवस्था गरिएको नियमलाई लिएर नेसनल ताइवान युनिभर्सिटीका विशेषज्ञ अर्नाल्ड चानले खोप लगाएको जानकारी तथा सूचना संकलन गरिरहने जिम्मेवारी निर्माताको भएको र त्यस्तो नगर्नु भनेको गैरजिम्मेवारी हुने र अन्तर्राष्ट्रिय मानकअनुरूप नहुने बताए।

सीएनबीजीले आफ्नो वेबसाइटमा खोपका लागि १ लाख ६८ हजार बढी धेरैबाट स्वीकृति लिइसकेको र तीमध्ये ९१ हजारलाई खोप दिने सोचमा रहेको जानकारी दिएको छ। चीनमा जम्मा ५ खोप अन्तिम चरणको परीक्षणमा छन् तर सर्वसाधारणका लागि कसैले अनुमति पाएका छैनन्।

२०७७ कात्तिक २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्