News Portal

प्रेरक प्रसंग : प्रेम सफलताको ढोका हो

मोटिभेटन्यूज संवाददाता
८२ पटक

काठमाडौं – एउटा होटलमा एक जोडी आफ्नो म्यारिज एनिर्भसरी मनाउन पुगे । सहरको सुन्दर ठाउँमा थियो होटल । त्यहाँ पुगेपछि थाहा भयो, होटलमा रुम छैन । उनीहरु निकै दुःखी भए ।

अब के गर्ने ? दोधारमा थिए उनीहरु, चिन्तित पनि उत्तिकै । किनकि अन्य होटलमा पनि रुम खाली थिएन । त्यसै बेला एउटा वेटर उनीहरुका अगाडि देखीए र भने, ‘यदि तपाईहरुलाई कुनै आपत्ति हुदैँन भने आज मेरो स्टाफ रुममा बस्न सक्नुहुन्छ । तपाईहरुको सुन्दर जोडीका लागि म आजको रात थोरै असुविधा झेल्न तयार छु । नाइँ नभन्नुस्, मेरो रुम त्यस्तो नराम्रो पनि छैन ।’

सहरमा सम्मेलन चलिरहेका कारण तपाईले अन्य होटलमा पनि रुम पाउने सम्भावना छैन । वेटरको पे्रमपूर्ण अनुरोध उनीहरुले सहर्ष स्वीकार गरे । बाध्यता पनि थियो । भोलिपल्ट जाने बेलामा उनीहरुले ती वेटरलाई उनको व्यवस्थापन गर्न क्षमता र प्रेमपूर्ण भावनाका लागि धन्यवाद दिए ।

दुई बर्षपछि त्यो वेटरलाई ती जोडीले न्यूयोर्क आउनका लागि टिकट पठाए । ती वेटर न्यूयोर्क गए । ती जोडीले उनलाई एउटा आलीसान होटलमा लिएर गए र भने, ‘यो होटल हामीले तिम्रा लागि बनाएका हौँ । आजदेखि यस होटलको म्यानेजर तिमी हौ ।’

मजाक गर्नुहुन्छ तपाईहरु । ती वेटरले पत्याएनन् तर त्यो सत्य थियो । तिम्रो प्रेममय व्यवहार र व्यवस्थापन गर्ने अद्भुत कुशलताका कारण हामी तिमीलाई यो जिम्मेवारी दिइरहेका छौँ । उनीहरुले उनलाई सम्झाए ।

कुनै पनि बेला तपाईले गरेको निस्वार्थ पे्रम तपाईको जीवनमा हजारौँ गुणा बढेर फिर्ता आउनेछ । एउटा वेटर अचानक पाँचतारे होटलको म्यानेजर हुन सक्छ ।

२०७७ कात्तिक २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्