News Portal

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एकजना गम्भीर घाइते

मोटिभेटन्यूज संवाददाता
३७ पटक

दाङ – दाङ र अर्घाखाँचीको सिमानामा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शितगंगा नगरपालिका–८ भालुबाङ्ग नजिकै रा १ ख २०२१ नम्बरको टिपरको ठक्करबाट साइकलमा सवार गढवा गाउँपालिका–१ जुरौनी निवासी २४ वर्षीया जमुना कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

साइकल चालक ५८ वर्षीय बुद्धिराम कुमालको गम्भीर घाइते भएको र उनको भालुबाङ्ग स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि बुटवल पठाइएको छ ।

भालुबाङ्गबाट सामान किनेर साइकलमा घर फर्कँदै गरेको बेला टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छन् ।

 

२०७७ कात्तिक २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्