News Portal

प्रहरी महानिरीक्षक खनालको उद्घोष : प्रहरी संगठनभित्र भएका धमिरा फालेरै छाड्छु

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
११०५ पटक
काठमाडौं

असोज २१, काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र भएका धमिराको पहिचान गरी तिनीहरुलाई फाल्न आफू दृढ रहेको बताएका छन् । केही यस्ता प्रवृत्तिमा मान्छेकै कारण सिंगो प्रहरी बदनाम हुनेबारे आफू जानकार रहेको उनले बताए ।

प्रहरी दिवस रनिङ कप भलिबल प्रतियोगिताको समापन कार्यक्रमलाई (आज) आइतबार सम्बोधन गर्ने क्रममा खनालले आफू प्रहरीमा रहेका यस्ता किरा धमिरालाई टिपेर फाल्न लागिपरेको बताएका हुन् । सम्बोधनको क्रममा आईजीपी खनालले भने, ‘संगठनमा भएका केही पदाधिकारीले गर्दा तपाईं हामी र सिंगो संगठनमाथि नै लान्छना आउने गरेको छ,’ म ‘त्यस्ता किरा धमिरा टिपेर फाल्न लागिपरेको छु ।

यसमा सबैको साथ सहयोग रहन जरुरी छ ।’ कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याराको पहिचान गर्न नसकेको भन्दै आईजीपी खनालको राजीनामाको माग भइरहेको तथा भने प्रहरीको जिम्मेवार तहका रहेका उच्च अधिकारीहरु नै घूस काण्डमा धमाधम रंगेहात पक्राउ पर्न थालेको सन्दर्भमा उनको यस प्रतिवद्धालाई विशेष अर्थका साथ हेरिएको छ ।

हिजो बेलुकामात्र बौद्ध प्रहरी वृत्तका प्रमुख डिएसपी श्याम कुमार राईलाई १ लाख ४० हजार घुससहित अख्तिायरले रंगेहात पक्राउ गरेको थियो ।

२०७५ असोज २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्