News Portal

मौलाउँदै ऐन महरको धन्दा, हप्ता असुली गर्न ज्वाईँलाई नयाँ जिम्मेवारी

मोटिभेटन्यूज संवाददाता
३३९६ पटक

धनगढी – बझाँङ जिल्लामा हप्ता असुलीको धन्दा गर्दै आएका अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (अनेरास्ववियु)का संयोजक ऐन महरले हप्ता असुली र चन्दा उठाउन सजिलो होस् भनेर आफ्नै ज्वाईलाई संगठनको जिम्मा लगाएका छन । महरले अनेरास्ववियु बझाँङमा लामो समय काम गरेर संगठनलाई मजबुद बनाएका पूर्व पदाधिकारीहरुलाई हटाएर आफ्नै ज्वाई प्रबिन धामीलाई संगठनको जिल्ला संयोजकमा नियुक्त गरेका हुन् ।

बझाङमा संगठन एकता विधान बिपरित केन्द्रबाट हस्तक्षप गर्दै ज्वाईलाई संयोजक बनाएको विद्यार्थी नेताहरुको भनाई छ । संगठनमा लामो समय काम गरेका, सिनियर विद्यार्थी नेतालाई लत्याएर आफन्त नातागोतालाई संगठनको जिम्मेवारी दिइएपछि विद्यार्थी नेताहरुमा व्यापक असन्तुष्टि छाएको छ । विभिन्न ठेकेदारहरुसँग हप्ता असुलिको धन्दा चलाउने महरले हप्ता असुलीको धन्दा बाहिर नजावस भनेर आफ्ना ज्वाईलाई संयोजक बनाएको उनीमाथि आरोप छ ।

संगठनमा लामो समय काम गरेका नेता साबिक अनेरास्ववियु बझाङका उपाध्यक्ष पुस्पलाल रोकाया लगायको सिङ्गो टिमले असहमति जनाएको छ । तत्कालीन उपाध्यक्ष, कोषध्यक्ष, सहसचिव, पूर्बसचिव, सचिवालय सद्स्य लगाएत्का ११ जना नेताले हस्ताक्षर गर्दै केन्द्रीय संयोजक एेन महर र सहसंयोजक रन्जित तामाङलाई एकलौटी रुपमा बिस्तार गरिएको कमिटी नसचिए समानन्तर कमिटी घोषणा गर्ने चेतावनी सहितको असहमति पत्र बुझाइसकेका छ्न् ।

केन्द्रीय संयोजक महरले जिल्लाको संयोजक बनाउँदादेखिनै गुटबन्दी सुरु गरेर सिनिएर तत्कालीन उपाध्यक्ष रोकायलाई लत्याएर जुनियर आफ्नो ज्वाइँ प्रबिन धामीलाई संयोजक बनाएका थिए । एकता टुङ्गो लगाउदा साबिक अनेरास्ववियुका जिल्ला अध्यक्षलाई केन्द्रीय अनुशासन आयोगमा मनोनित गरेर कमिटीका जुनियर सचिव धामीलाई जिल्लाको संयोजक बनाएका थिए । फरक गुट्को भन्दै सिनिएरलाई किनारा लगाएको आरोप बझाँङका विद्यार्थी नेताको भनाई छ ।

जिल्लामा आफ्नो गुट स्थापित गर्न आफैले जारी गरेको सर्कुलरलाई कुल्चेर विधान विपरित काम गरेको भन्दै जिल्लाका विद्यार्थी नेताहरु आक्रमक बनेका छन । महरले तत्कालिन उपाध्यक्ष पुस्पलाल रोकाया (ज्वाला), कोषाध्यक्ष हेमन्त भन्डारी, सचिवालय सद्स्य मोहन कुवर, दिल बहादुर बिक, अनु गुरुङ, सुभाष बोहरा, कटक धामी, जय कुँवर, धनेश्व्री पातली, संगीता बिक लगाएतका नेतालाई पाखा लगाएर नयाँ अनुहारलाई कमिटीमा राखेर एकता टुंगो लगाउन निर्देशन दिएको आरोप सक्रिय विद्यार्थी नेताहरुको छ ।

यो पनि पढ्नुहोस्

ऐन महरले ठेकेदारसँग करोडौं घुस खाएको खुलासा, सूचना दिनेको परिवारका सबैलाई मारिदिने धम्की

२०७७ कात्तिक ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्