News Portal

पूर्व अर्थमन्त्रि युवराज खतिवडालाई झड्का, ३ वटा उजुरी

मोटिभेटन्यूज संवाददाता
३९७ पटक

काठमाडौं – संघीय संसदको सुनुवाई समितिमा युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी परेको छ । खतिवडा अमेरिकाका लागि प्रस्तावित राजदूत हुन् ।

त्यसैगरी, बेलायतका लागि प्रस्तवित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।

सोमबार सुनुवाई समितिको बैठकले उजुरी खोलेको छ तर उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण सार्वजनिक नगरिएको समितिले जनाएको छ ।

उजुरीकर्तालाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना निकालेर यहि कात्तिक १७ गते छलफलमा आउन आहृवान गर्ने निर्णय भएको समितिले जनाएको छ ।

२०७७ कात्तिक ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्