News Portal

उद्योग मन्त्री लेखराज भट्टको अर्को भ्रष्टाचार काण्ड बाहिरियो, विचौलियासँग करोडौं झ्याम

मोटिभेटन्यूज संवाददाता
२५१ पटक

काठमाडौं – उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको अर्को भष्ट्राचार काण्ड बाहिरिएको छ । उनले विभिन्न क्षेत्रका विचौलियाहरुबाट करोडौं रुपैयाँ लिएर अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेका हुन । कमिसन पाएकै कारण उनले कालोबजारी गर्न व्यवसायीलाई छुट दिएका छन ।

पछिल्लो समय बजार भाउ बढेर आकाशिएको बेलामा मन्त्री भट्टले विभिन्न ठाउँमा छापा मारेको बहाना बनाई विचौलिया र कालोबजारी गर्नेसँग बार्गेनिङ गरेको उद्योग मन्त्रालय निकट श्रोतको भनाई । उनले कालिमाटी तरकारी तथा फलफल विकास समिति, खाध्यबस्तु आयत गर्ने विभिन्न विचौलिया, कमसल सामाग्री उत्पादन गर्ने र बजारीकरण गर्ने विभिन्न उद्योगहरुबाट रकम असुलेको मन्त्रालयका एक कर्मचारीले बताए ।

अहिले बजारमा तरकारी, फलफूल, खाध्यपदार्थ,, पेय पदार्थ, कस्मेटिकका सामानहर, विकास निर्माणसँग सम्बन्धित समाग्रीको भाउ २० प्रतिशतदेखि सत प्रतिशतसम्म बढेको छ । मन्त्रीले यसरी बजारमा मुल्य बृद्धि भएको थाहा हुँदा हुँदै विचौलिदयालाई संरक्षण गर्न र आफूले लिएको कमिसन पचाउन मूल्य बृद्धि नभएको प्रतिक्रिया दिएका थिए ।

एक हप्ता अघि आयोजित एक कार्यक्रममा भट्टले बजारमा मूल्य बृद्धि नभएको बताएका थिए । विचौलिया र कालोबजारी गर्नेहरुबाट कमिसन लिइसकेकाले बजार भाउ नबढेको प्रतिक्रिया दिएको मन्त्रालय निकट श्रोतको भनाई छ । ‘बजार अनुगमन नगर्ने, गरेपनि कमिसनको चक्करमा छुट दिने काम मन्त्रीबाट भएको छ ।’ मन्त्रालयका एक कर्मचारीले मोटिभेट न्यूजसँग भने, ‘हामी कालो बजारी गर्नेलाई कारवाही गर्न खोज्छौं उहाँको सचिवालयका सदस्यहरुले कुनैपनि कारवाही अगाडि नबढाउनु भन्नुहुन्छ ।’

अहिले उद्योग मन्त्रालय दलालीहरुको अखडा बनेको छ । मन्त्रालयलमा काम गर्ने भन्दा काम गरिदिने विचौलिया, दलालहरुको भिड बढि देख्न सकिन्छ । मन्त्रीको सचिवालमा कार्यरक कर्मचारीहरुको भन्दा मन्त्रीले खटाएका गैर जिम्मेवार व्यक्तिहरुले कमिसन लिएर काम गराएको मन्त्रालयका ति कर्मचारीले बताए ।

‘व्यापारीहरू संगठित भएर एक मुष्ट ५ करोड भन्दा बढि रकम मन्त्रीलाई बुझाएका छन’, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने ‘उनीहरूको प्रभावका काराण मन्त्रीले बजार अनुगमनमा चासो दिनु भएको छैन् । हामी अनुगमन गछौं भन्दा मन्त्रीको सचिवालयबाट अनुगमन नगर्न भनेर फोन आउँछ ।’

खुद्रा व्यापार संघका अनुसार केराउ, चना, दाल, खानेतेल, बोडी, राज्मालगायत खाद्यवस्तुको मूल्य बढेको छ । पछिल्लो एक महिनाको तुलनामा पनि तेल, गेडागुडी, आँटामैदा, तरकारीलगायतको मूल्य धेरै छ । अझँ खुद्रा पसलेले कतिमा समान बेच्यो र किन्यो भनेर जानकारी लिन बिलबीजक जारी गरेको हुँदैन ।

कुनमा कति मूल्य बृद्धि ?

गत वर्षको दसैंको तुलनामा ताइचिन चिउरा किलोमा १० रुपैयाँले बढेर १ सय ३० रुपैयाँ, गुणस्तरअनुसार किलोको १ सय ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको मुगु खोस्टा १ सय ७० रुपैयाँ, ९० रुपैयाँदेखि १ सय ३० रुपैयाँ परेको मुसुरो १ सय ४० रुपैयाँ, रहर दाल १० रुपैयाँ बढेर १ सय ६० रुपैयाँ पुगेको छ ।

एक वर्षको अवधिमा हरियो केराउको मूल्य किलोमै ४० रुपैयाँले बढेर १ सय २०, राज्मा २० रुपैयाँले बढेर १ सय ८० र बोडी ३० रुपैयाँले बढेर १ सय ३० रुपैयाँ भएको छ । खानेतेल तथा घिउको मूल्य पनि किलोमै ५० रुपैयाँसम्म बढेको छ ।

मूल्य बृद्धि भएको छैन् : मन्त्री

नेपाल चेम्बर अफ कमर्सको ७०औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको दाबी गरेका थिए ।
उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनै पनि खाद्यान्नलगायत दैनिक रूपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गरेका थिए ।

तर, विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक–दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वाभाविक भएको मन्त्री भट्टको भनाइ छ । उनले भनेका थिए, ‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ । त्यसैले कहीँ पनि समस्या आएको छैन । केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला, नत्र खाद्यान्नलगायत दैनिकी वस्तुहरू हुन त्यसमा महँगाई भन्ने छैन । अब एकाध वस्तुमा हुनु स्वाभाविक हो, हिजो पनि हुन्थ्यो ।’

केही दिन अघि कालिमाटी फलफूल तथा तरकारी बजारमा छापा मारेर कालोबजारी गरेको आरोपमा केहीलाई पक्राउ गरेका मन्त्री भट्टले केही दिन पछिनै आफ्नो बोली फेरेका थिए । पक्राउ परेका र कालिमाटीका व्यापारीहरुले रकम उठाएर मन्त्रीलाई बुझाएपछि मन्त्रीको बोली फेरिएको मन्त्रालयका एक कर्मचारीको भनाई छ । ‘कालिमाटीमा छापा मारेपछि अरु व्यवसायीहरुको पनि सातो गएको थियो,’ नाम उल्लेख नगर्ने सर्तमा ति कर्मचारीले भने, ‘सबै संगठित भएर ५ करोड भन्दा बढि रकम लिएर आएपछि मन्त्रीको बोली फेरिएको हो ।’

म्याद सकिएका समानहरुको नयाँ लेभलिङ गर्ने व्यवसायीबाट पनि राम्रो कमिसन आएको ती कर्मचारीको भनाई छ ।

यो पनि पढ्नुहोस्

१) उद्योगमन्त्री लेखराज भट्टको भ्रष्टाचार काण्ड बाहिरियो

२) भारतका असली एजेण्ट उद्योगमन्त्री लेखराज भट्ट, हेर्नुहोस् उनका कर्तुतहरुको चाङ

 

२०७७ कात्तिक ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्