News Portal

विद्रोही नेकपाले सरकारविरुद्ध कडा आन्दोलन गर्ने, केके छन आन्दोलनका कार्यक्रम ?

मोटिभेटन्यूज संवाददाता
१३० पटक

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकार विरुद्ध आन्दोलन गर्ने भएको छ । कोरोना महामारीको समयमा जनताको स्वास्थ्य सुरक्षाविरुद्ध जाने, भ्रष्टाचार गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बनाउनेको भन्दै नेकपाले आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलन कार्तिक १५ गतेदेखि सुरु हुने नेकपाका महासचिव विप्लवद्धारा जारी विज्ञप्तिका उल्लेख छ । विप्लवद्धारा बुधबार जारी विज्ञप्तिमा कार्तिक १५ गते कोषसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस गर्ने उल्लेख छ ।

कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाटसमेत पन्छिएकाले सङ्घर्ष गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७७ कात्तिक ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्