‘रअ’ प्रमुखलाई भेटेको भोलिपल्टै प्रधानमन्त्रीबाट गम्भीर राष्ट्रघाट, सबै आक्रोषित


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०७७
12.3K
SHARES

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामनासहित जारी गरेको सन्देशमा प्रयोग गरिएको नेपालको निशानमा पुरानो नक्सा छापिएको छ । जहाँ नयाँ नक्सा गायब भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो नक्सासहित दसैँको शुभकामना सन्देश जारी गरेपछि सामाजिक सञ्जालमा त्यसको ब्यापक विरोध भइरहेको छ ।

भारतले नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सालाई संविधान संशोधन गर्दै संघीय संसदले पास पनि गरिसकेको छ ।

तर, प्रधानमन्त्री ओलीले नै नेपालको नयाँ नक्साको साटो पुरानो नक्सा प्रयोग गम्भीर राष्ट्रघात गरेका छन । यसको प्रमुख प्रतिचपक्षी नेपाली काँग्रेसले विरोध जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल ट्युटरमा पुरानो नक्सा प्रयोग गर्नु सामान्य त्रुटी नभएको उल्लेख गरेका छन । ‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय @PM_Nepal ? गम्भीर विमती दर्ज होस्’ शर्माले ट्युटरमा लेखेका छन, ‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?’

लिम्पियाधुरा, कालापानी, लिपु भञ्ज्याङ् समेटेर नयाँ नक्सा जारी गर्ने, सम्बिधान सँशोधन गर्ने प्रधानमन्त्रीले “रअ” प्रमुख फर्केलगत्तै देशवासीका नाममा अफिसियल लोगोसहित जारी गरेको बिजया दशमीको शुभकामना सन्देशबाट नक्साको चुच्चो जानाजान हटाएको कि छुट्यो ?

जनताले सामाजिक संजाल मार्फत जवाफ खोजिरहेका छन् ।