News Portal

कर्णालीका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको कडा निर्देशन, मुख्यमन्त्रीलाई निल्नु न ओकल्नु

मोटिभेटन्यूज संवाददाता
१७१ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई कडा निर्देशन दिएका छन । कर्णाली विवादको अन्त्य गर्न नसकेका प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शाहीलाई पत्र लेख्दैप्रमुख सचेतक गुलावजंग शाहमाथि गरिएको कारवाही फिर्ता लिन निर्देशन दिएका हुन ।

ओलीले शुक्रबार कर्णालीका मुख्यमन्त्री शाहलाई निर्देशनात्मक पत्र पठाउदै शाहलाई पूर्ववत प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशन दिएका हुन् ।

जवकी शुक्रबार बसेको प्रदेश सभा दलको बैठकले मुख्यमन्त्री शाही विरुद्धको अविस्वास प्रस्ताव बहुमतले अस्वीकार गरिसकेको छ । यो सँगै नेकपा कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा सीता नेपालीले बैधानिकता पाइसकेकी छन् ।

‘अनुशासित तवरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेपाल कम्युनस्टि पार्टी (नेकपा) प्रदेश सभा दल कर्णालीका प्रमुख सचेतक गुलावजंग शाहमाथि तपाइले गरेको कारवाही फिर्ता लिन र उहाँलाई पूर्ववत प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु’, ओलीले कार्तिक ५ गतेको मितिमा लेखेको पत्र मुख्यमन्त्रीलाई शुक्रबार पठाएका हुन् ।

२०७७ कात्तिक ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्