News Portal

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि कोरोना पुष्टि

मोटिभेटन्यूज संवाददाता
१४० पटक

काठमाडौं – पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना सक्रमण पुष्टि भएको छ । उनी सँगै उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाईसमेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आफूहरूलाई कोरोनाभाइरसको संक्रमण भएको जानकारी भट्टराईले सामाजिक सञ्जालमार्फत दिएका छन्। भट्टराई दम्पत्तीको स्वाब शुक्रबार परीक्षणका लागि दिइएको थियो।

‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,’ भट्टराईले भनेका छन्।

हिसिला र म दुबैलाई कोभिड( १९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

पछिल्लो समय भट्टराई गोरखा र मधेसका जिल्लाहरूमा पार्टी प्रवेशको कार्यक्रममा व्यस्त थिए। सयौं कार्यकर्ता सहभागी भएका ती कार्यक्रममा मास्क र भौतिक दूरीको पालना नभएको भन्दै आलोचनासमेत भएको थियो।

२०७७ कात्तिक ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्