News Portal

भारतीयलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

मोटिभेटन्यूज संवाददाता
३१२ पटक

काठमाडौं – भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने कैलालीका एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।

भारतीयलाई नागरिकता दिलाउन सिफारिस गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाई भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए ।

अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७७ कात्तिक १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्