News Portal

कालोसूचीमा परेको ओम्नी ग्रुपलाई प्रधानमन्त्रीको उपहार, नयाँ धन्दा सुरु

मोटिभेटन्यूज संवाददाता
५६० पटक

काठमाडौं – स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेर कालोसूचीमा परेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओम्नी गु्रप)लाई प्रधानमन्त्रीले पुरस्कृत गरेका छन । गएको चैत्र महिनामा प्रधानमन्त्रीको ठाडो निर्देशनमा स्वास्थ्य मन्त्रीको संगलग्नतामा ओम्नी गु्रपले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको थियो ।

चीनबाट स्वास्थ्य उपकरण खरिद गरी ल्याउनका लागि प्रचलित मूल्यभन्दा धेरै महङ्गोमा कोटेशन लिएर चर्को मूल्यमा स्वास्थ्य सामाग्री खरिद गरेका कारण आम्नी गु्रपलाई स्वास्थ्य विभागले कालोसूचीमा राखेको थियो । विभागले ओम्नी गु्रपलाई कोलोसूचीमा राखी धरौटी रकम जफत गरेको थियो । त्यही कालोसूचीमा परेको ओम्नी ग्रुप अन्तरगत भर्खरै खुलेको संस्थालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) परिक्षणका लागि अनुमति दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पिसिआर परिक्षण गर्न अनुमति दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय श्रोतको भनाई छ । काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले कोभिड–१९ को पिसिआर परीक्षण सुरु गरेको हो । अल्फा केयर ओम्नी ग्रुप अन्तरगतकै संस्था हो ।

प्रधानमन्त्रीको ठाडो निर्देशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमननै नगरी स्वास्थ्य मन्त्रालयको मापदण्ड विपरित आँखा चिम्लेर स्वीकृति दिएको मन्त्रालयका एक सहसचिवले बताए । ‘हामीले अनुगमन गरौं, नयाँ संस्था रहेछ पछि समस्या आउला भन्दा मन्त्री ज्यूले माथिको आदेश हो सब ठिक छ भन्नु भयो ।’ नाम उल्लेख नगर्ने सत्रमा ती सहसचिवले भने, ‘अहिले अनुमति पाएर काम सुरु गरिसकेको छ ।’

गुणस्तरहिन ल्याब र किटको प्रयोग गरी पिसिआर सुरु गरेको मन्त्रालय श्रोतको भनाई छ । अल्फाले मलेकुलर ल्याब अन्तर्गत पिसिआर सुरु गरेको हो । गुण्स्तरहिन मेसिन र विश्वस्वस्थ्य संगठनले अनुमति नदिएको किट प्रयोग गरी पिसिआर परिक्षण सुरु गरेको हो । यो ल्याव पिसिआर मात्र परिक्षण गर्न स्थापना भएको हो ।

स्वास्थ्य सामाग्री खरिद गर्दा चिनबाट ल्याएर स्टक राखेका कमसल र म्याद सकिएका समाग्री प्रयोग गरेर परिक्षण थालिएको यस क्षेत्रका जानकारहरु बताउँछन । कन्सल्टेन्सी चलाएर जनता ठग्न पल्किएका द्धिराज शर्मा सिवाकोटीको प्रत्यक्ष संगलग्नतामा कोरोना परिक्षण सुरु गरिएको हो ।

उक्त ल्यावले दुई वटा मेसिनबाट दैनिक एक हजार दुई सय परीक्षण गर्न गरी अनुमति पाएको छ । सो ल्याबले रिपोर्ट बिहानदेखि दिउँसो १ बजेसम्म संकलन भएका स्वाबको बेलुका पाँच बजेसम्म दिने जनाएको छ ।

स्वास्थ्य विभागले स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोल अनुसार ओम्नी ग्रुपले काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेपछि सम्झौता रद्ध गरेको थियो ।

साथै धरौटीवापत राखिएको ५ करोड रुपैयाँ जफत गरी कालोसूचीमा राखिएको थियो । ओम्नीले बोलकबोल गरेको मध्ये १८ प्रतिशत सामान मात्रै नेपाल ल्याउन सकेको थियो । सरकारी श्रोत साधनको दुरुपयोग गर्दै ओम्नीले १८ प्रतिशत सामान सरकारको र बाँकी आफ्ना लागि ल्याएको थियो । त्यतिवेला ल्याएको समान अहिले देखिएको स्वास्थ्य विभागका एक कर्मचारीले बताए ।

२०७७ कात्तिक १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्