News Portal

तपाईंको लगानी रहेको कम्पनीले कति दिँदैछ लाभांश, हेर्नुहोस् पुरा विवरण

मोटिभेटन्यूज संवाददाता
११३० पटक

काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म ३२ ओटा कम्पनीले लाभांश घोषणा गरिसकेका छन ।

लाभांश घोषणा गर्नेमा ८ वाणिज्य बैंक, चारवटा लघुवित्त कम्पनी, एउटा जलविद्युत, ३ वटा उत्पादनमूलक कम्पनी र १६ वटा म्युचुअल फन्ड रहेका छन । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र (पुस मसान्तसम्म) वार्षिक साधारण सभा गर्नुपर्ने प्रावधान रहेकाले पनि कम्पनीहरु भकाभक लाभांश घोषणा गरिरहेका छन । जसमा कम्पनीहरूले आफूले कमाएको मुनाफा अनुसार लाभांश प्रदान गर्ने घोषणा गर्छन् ।

लाभांश घोषणा गरेका ८ वटा वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैङ्कले सबैभन्दा धेरै लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । अघिल्लो वर्ष बैङ्कले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश दिएको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा एनआईसी एसियाले ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ग्लोबल आईएमई र बैङ्क अफ काठमाडौँले पनि १६ प्रतिशत लाभांश दिँदैछ । कुमारी बैंकले १४ प्रतिशत, मानिमा बैंकले १३.६ प्रतिशत, स्ट्याण्डर चार्टर बैंकले ११.८४ प्रतिशत, सिटिजन बैंकले ११ प्रतिशत लाभांश घोषण गरेका छन ।

त्यस्तै, ४ ओटा लघुवित्त कमपनीहरू पनि लाभांश घोषणा गरिसकेका छन । लाभांश घोषणा गरेका ४ लघुवित्त कम्पनीमा सबैभन्दा बढी समता लघुवित्त वित्तीय संस्थाले लाभांश दिँदैछ । समताले २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । आरएसडीसीले ९ प्रतिशत बोनस र ३.६३ प्रतिशत नगल लाभांश, फस्र्ट माइक्रोफाइनान्सले ९.५० प्रतिशत बोनस र ४.१८ प्रतिशत नागद लाभांश र आशा लघुवित्तले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेका छन ।

यता लगानीकर्ताको आक्रषण देखिएको जलविद्युत् समूहमा भने एउटाले मात्र लाभांश घोषणा गरेको छ । अपि पावरले एकैपटक दुई आर्थिक वर्षको लाभांश दिँदैछ । तर आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट भने ९.७ प्रतिशत लाभांश दिनेछ । जसमा ९ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । नेप्सेमा ३५ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । अन्यले लाभांश घोषणा गरेका छैनन् ।

उता, उत्पादनमूलक कम्पनीमा ३ वटा कम्पनीले लाभांश दिने घोषण गरिसकेका छन् । शिवम् सिमेन्ट, युनिलिभर कम्पनी, नेपाल ल्युब आयल तिनैवटा कमपनीले नगद लाभांश दिँदैछ । सेयर बजारमा महँगो सेयर मूल्य भएको युनिलिभरल प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट १ कित्ता सेयर बराबर १०० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ७७० रुपैयाँ नगद दिएको थियो ।

नेपाल ल्युब आयलले त साधारण सभासमेत गरिसकेको छ । यसले १० प्रतिशत नगद लाभांश दिएको छ । हाल नेप्सेमा १९ वटा उत्पादनमूलक तथा प्रशोधन कम्पनी सूचीकृत छन् । सिवम् सिमेन्टले पनि २४.४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

त्यस्तै १६ ओटा म्युचिअल फण्डले पनि लाभांश घोषणा गरेका छन ।

२०७७ कात्तिक १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्