News Portal

खुलेआम जुवाको अखडा बन्दै बौनिया

राजेन्द्र रावलकाठमाडौं
६२१ पटक
काठमाडौं

भदौ ३, बौनिया – कैलाली जिल्लाको बर्दगोरिया गाउपालिकाको मुख्य व्यापारिक केन्द्रको रुपमा परिचित बौनिया बजार जुवाको अखडा बन्न थालेको छ । पुर्व पश्चिम महेन्द्र राजमार्गसंग जोडियका अधिकांस होटलहरुमा अबैध जुवा तास खुलेआम रुपमा सञ्चालन हुदै आइरहेको स्रोतले बताएको छ । ति होटलहरमा बिशेष गरी शिक्षक,कर्मचारी,राजनैतीक दलका नेताहरु नियमीत जसो जुवा खेल्ने आउने एक होटल सञ्चालकले बताए ।

प्रहरीले तपाईहरुलाई खुला रुपमा जुवाको अखडा सञ्चालन गर्दा प्रहरी प्रशासनले केही गर्दैन भन्ने हाम्रो प्रश्नमा नाम उल्लेख नगरीदिनु होला भन्ने सर्तमा एक होटल सञ्चालकका अनुसार उनीहरुले प्रहरीलाई मासीक रुपमा निश्चीत रकम बुझाउने गरेको खुलासा गरे । पछिल्लो समयमा यसरी खुला रुपमा सञ्चालन हुदै आइरहेको जुवामा प्रहरी प्रश्सानकै मिलेमतो देखीन आएको छ । यसरी बर्दगोरिया गाउपालिकाको प्रमुख व्यापारीक केन्द्रको रुपमा परिचीत रहेको बौनिया क्षेत्रमा खुलेआम रुपमा जुवा सञ्चालन भैरहने र बेलैमा नियमनकारी निकायले ध्यान नदिने हो भन्ने यसले भविष्यमा झन बिकराल रुप लिनसक्ने एक व्यापारीले बताए । यस तर्फ सम्बन्धीत निकायको बेलैमा ध्यान जान जरुरी रहेको छ । यसरि खुलेआम रुपमा सञ्चालन हुने जुवाले समाजमा झैझगडा स्थिती श्रृजना गर्नुका साथै कतिपयलाई घरबार बिहीन समेत बनाइसकेका थुप्रै उदाहरुणहरु हाम्रो समाजमा कायमै रहेका छन् ।

२०७५ भदौ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्