News Portal

पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री विष्ट

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४४ पटक
काठमाडौं

असोज २२, काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताएका छन्  ।

सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क…’ को आज लोकार्पण गर्दै उनले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए  । उनले भने , “सरकार स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन प्रयत्नशील छ, तत्कालका लागि वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र कम जोखिमपूर्ण बनाइने छ ।”

नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्नु र विदेशिएका युवा जनशक्तिलाई स्वदेश फर्काउनु चुनौतीपूर्ण भएको बताउँदै उनले नेपालको श्रम, सीप, जोश र जाँगर नेपालकै विकासमा लगाइनुपर्ने आवश्यकता औँल्याए  । नेपाल विकासको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै उनले पूर्वाधार, आर्थिक, सामाजिक विकासमार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए  ।

 

२०७५ असोज २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्