News Portal

शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको सङ्ख्या करिब दुई हजार

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४५२ पटक
काठमाडौं

असोज २३, जकार्ता – इन्डोनेसियामा केही दिन अगाडी आएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको सङ्ख्या करिब दुई हजार पुगेको छ ।

अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९४८ पुगेको छ । सरकारी अधिकारीहरुले भूकम्प र सुनामीमा परी अझै पनि पाँच हजार जना बेपत्ता नै रहेको जनाएका छन् । इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत सेप्टेम्बर २८ का दिन शक्तिशाली भूकम्प र सुनामी आएको थियो ।

बेपत्ता हुनेहरूको सङ्ख्या ठूलो रहेको र खोजी तथा उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेहरूको सङ्ख्या अझै बढ्ने अधिकारीहरूले बताएका छन् ।

घटनामा परी अरु हजारौँ घाइते भएका छन् भने ठूलो मात्रामा भौतिक क्षति भएको छ । भौतिक संरचनाहरु ध्वस्त भएकाले ठूलो संख्यामा स्थानीय बासिन्दा विस्थापित भएका छन् ।
स्वास्थ्य संस्थाहरुमा समेत अत्याधिक असर परेकाले स्वास्थ्य सेवा प्रवाहमा पनि असर परेको समाचारमा जनाइएको छ ।
रासस/सिन्ह्वा

२०७५ असोज २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्