News Portal

सरकारले पदमुक्त गरेपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी सर्वोच्चमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०९ पटक
काठमाडौं

भदौ ३, काठमाडौं – सरकारले पदमुक्त गरेपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी सर्वोच्चमा अदालत गएकी छन् । उनले आफूमाथि अन्याय भएकाे भन्दै पुनर्बहालीको माग गर्दै सर्वाेच्च अदालतमा निवेदन दिएकी हुन् ।

अाफू प्रतिस्पर्धाबाट छानिएर साे पदमा पुगेकाे दाबी गर्दै कामिनीले पद पुनर्बहालीको माग गरेकी हुन् । उनले नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया रोक्न र अाफ्नाे पद पुनर्बहालीका लागि अन्तरिम अादेश हुनुपर्ने माग गर्दै सर्वाेच्चमा रिट दर्ता गराएकी हुन् ।

टेलिकमकाे फोरजी सेवा विस्तार गर्न नसकेको लगायतका कारण देखाएर सञ्चार मन्त्रालयले कामिनीलाई स्पष्टीकरण साेध्दै पटकपटक पदबाट हट्न दबाव दिएकाे उनकाे भनाइ छ । स्पष्टीकरणपछि मन्त्रिपरिषदको साउन २९ गतेको बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो। लगत्तै उनले भदाै १ गते सर्वाेच्चमा रिट हालेकी हुन् । रिटको पेसी न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ।

तर सर्वाेच्चकाे निर्णय अाउनुघि नै सरकारले टेलिकमकाे नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाइसकेको छ।

२०७५ भदौ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्