
असाेज २३,बाैनियाँ – मंगलबार बिहान ११:३० बजे बर्दगाेरिया गाउपालिका २ बर्दगाेरिया मा ट्रयाक्टर दुर्घटना हुदै घटनास्थलमै दुई जनाकाे मृत्युु भएको छ भने घाइते एककाे बर्दगाेरिया अस्पतालमा उपचार भैरहेकाे इलाका प्रहरी कार्यलय बाैनियाका प्रमुख कलेन्द्र विक्रम शाहिले जानकारी दिएको छ ।
दुर्घटनाकाे कारण ट्रायाक्टरकाे ब्रेक फेल र अाेरालाेमा ब्रेक नलाग्नु र अाेरालाेमा तिव्र गतिका कारण हुन सक्ने प्रहरिकाे प्रारम्भिक अनुमान रहेकाे छ । से १ त ३९६९ नम्बरकाे ट्रयाक्टर दुर्घटना हुदा बर्दगाेरिया १ का अन्दाजि बर्ष ३५-४० का डागु चाैधरि र सुरज कठरिया रहेका प्रहरिले वतायकाे छ । घाइते साेहि स्थानका बर्ष २० का भिम कठरियाकाे अवस्था सामान्य रहेकाे छ ।
मृतक हरुलाइ पाेष्टमार्टम का लागि लैजाने तयारि भै रहेकाे छ । दुर्घटना काे जानकारि ढिलाे प्राप्त हुदा मृतककाे लास उठाउन ढिलाे भएको प्रहरिले बताएका छ । ट्रयाक्टर ढुङ्गा बाेकेर फल्लेबिसाैनाबाट बर्दगाेरिया १ मुडातर्फ अाइरहेकाे थियाे ।
२०७५ असोज २३ गते प्रकाशित
