News Portal

आपत्तिजनक अबस्थामा भेटिए नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड !

मोटिभेटन्यूज संवाददाता
१९९० पटक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आपत्तिजनक अबस्थामा भेटिएका छन । उनी तास खेलिरहेको अवस्थामा भेटिएका हुन ।

पैसाको थुप्रो राखेर तास खेलिरहेको अवस्थामा प्रचण्डको फोटो सार्वजनिक भएको छ । उनी घरमा परिवारका सदस्यहरुसँग तास खेलिरहेको बेलामा चिखिएको फोटा सार्वजनिक भएको हो ।

उनीसहित उनको छोरीहरु भाइटीकाको दिन प्रकाश दाहालको सम्झना मेटाउन तास खेलिरहेका थिए । रमाइलो गरिरहेका बेलामा प्रचण्डको फोटो खिचेर सुरक्षाकर्मीहरुले सार्वजनिक गरेका हुन ।

नेपालको कुसंस्कारका विरुद्धमा १० बर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्ड तास खेलिरहेको अवस्थामा भेटिनु आश्चर्यका रुपमा लिइएको छ । जनयुद्धको क्रममा यसरी तास खेलिरहेका दर्जनौं युवाहरु अङ्गभंग भएका थिए भने धेरैले ज्यानसमेत गुमाउन परेको थियो ।

२०७७ मंसीर १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्