News Portal

यी हुन् सफल हुनका लागि पढ्नैपर्ने ४ पुस्तक

मोटिभेटन्यूज संवाददाता
९३ पटक

काठमाडौं – किताबहरु ज्ञानका स्रोत मात्र नभई मानिसका असल मित्र पनि हुन् । यिनिहरुले मानिसलाई सिकाउनुको अलवा काल्पनिक संसारमा सयर गराइ जीवनका अनेकन भोगाइहरु सित परिचित गराउँदछन । पाठकहरुको अनुभव र बौद्धिक क्षमता वृद्धि गर्नुका साथै किताब पढ्ने बानीले हाम्रा नकारात्मक सोचहरुलाई बिस्थापित गर्दै जीवनस्तर सुधार्नसमेत सहयोग गर्दछन। यसै सन्दर्भमा आज हामिले तपाईंका लागि जीवनमा १ चोटि पढ्नैपर्ने ४ पुस्तकहरुको सूची तयार पारेका छौँ ।

१. Think and Grow Rich.

नेपोलियन हिलद्वारा लिखित यो बिश्वप्रसिद्ध पुस्तकले तपाईंलाई कसरी मानव मस्तिष्कले सोचेका कुराहरुले तपाईंको बिश्वासमा प्रभाब पार्दछन र ती सोचहरुलाई उपयुक्त योजनाबाट अघि बढाउन सके कसरी आर्थिक अबस्थामा अनपेक्षित सुधार गर्न सकिन्छ भनेर सिकाउदछ।

२.Rich Dad Poor Dad.

रोबर्ट टि कियोसाकिको यो पुस्तक आफ्नो समयदेखि अहिलेसम्मको सर्बाधिक रुचाइएको पुस्तक हो। भबिस्यलाई कसरी बुझ्ने, हाम्रा अहिलेका बानी व्यवहारको दायित्व कसरी लिने र समय माथिको अनुशासनले कसरी धन भित्र्याउन सकिन्छ भन्ने विषयमा केन्द्रीत यो पुस्तकमा लेखकले आफ्ना दुई बुबाहरुले दिएका थरी थरीका सुझावलाई कसरी ग्रहण गरे ? आफूलाई उपयुक्त बाटो रोजेर कसरी धनी बने ? भनेर बताएका छन् । दुई बुबा कसरी भनेर सोचिरहनुभएको छ भने त्यस्का लागि तपाइले पुस्तक पढ्नुपर्छ।

३. How to Win Friends and Influence People.

डेल कार्नेगीको सर्बाधिक बिक्रि भएको यो पुस्तक ती सबै ब्यक्तिले पढ्नुपर्छ जो जीवनभरका लागि सम्बन्ध बनाउन र टिकाउन चाहन्छन् । सन् १९३६ मा प्रकाशित यो पुस्तक २०११ मा ‘Time Magazine’ को १०० वटा प्रभावकारी पुस्तकको सूचीमा १९ औ नम्बरमा परेको थियो। लेखक लामो समयदेखि ‘व्यवसाय शिक्षा’ को तालिम संचालन गरेका व्यक्ति भएकाले यो पुस्तकमा तपाईले तपाई विभिन्न व्यवसायिक उपायहरु पनि पाउनुहुनेछ।

४. Unlimited power. सायद सबै समयका सर्बाधिक सफल मानिएका सफलताका कोच टोनि रोबिन्सको Unlimited power ले तपाईंलाई जीवनमा साच्चिकै तपाईं के गर्न चाहनुहुन्छ ? भन्ने कुरा पत्ता लगाउन मदत गर्दछ। यो पुस्तकले तपाईंलाई मानव मनोबिज्ञानका सबै पक्षहरु जस्तै तपाईंको दिमागलाई कसरी हरेक क्षणका लागि तयार राख्ने वा तपाईंमा भएका कुनै पनि डर वा चिन्तालाई कसरी अन्त गर्ने भनेर सिकाउछ। टोनिले यस पुस्तकमार्फत तपाईंलाई अरु सफल व्यक्तिको सफलतालाई प्रमाणित अभ्यासद्वारा कसरी आफूमा लागु गर्न सकिन्छ भनेरसमेत सिकाउछन।

२०७७ मंसीर ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्