News Portal

एफएनसीसीआई निर्वाचन : सबै उमेद्वारहरुको नामावली सार्वजनिक (नामावलीसहित)

मोटिभेटन्यूज संवाददाता
४८ पटक

काठमाडौं – निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । महासंघको निर्वाचन समितिले शुक्रबार विहान अन्तिम नामावली सार्वजनिक गरेको हो ।

मूख्य निर्वाचन अधिकृत उमेन्द्र केशरी न्यौपाने, निर्वाचन अधिकृतद्वय लिलामणि पौडेल र रमणकुमार कर्णले सार्वजनिक गरेको सूचीअनुसार ६३ सिटका लागि १२७ जनाको उम्मेदवारी परेको छ । आगामी ११ देखि १३ सम्म वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा काठमाडौंमा निर्वाचन हुँदैछ ।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा वैधानिक व्यवस्थाअनुसार स्वतः अध्यक्ष बन्ने छन् भने बाँकी पदहरुमा निर्वाचन हुनेछ ।

२०७७ मंसीर ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्