News Portal

महासंघको निर्वाचनमा दुई जना निर्विरोध निर्वाचित

मोटिभेटन्यूज संवाददाता
५० पटक

काठमाडौं – नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन नजिकिदै छ । महासंघको निर्वाचन समितिले शुक्रबार अन्तिम नामावली सार्वजनिक गरेको छ । जसमध्ये दुई केन्द्रीय सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी भिडन्त हुँदैछ ।

२०७७ मंसीर ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्