News Portal

झनै चर्कियो नेकपा विवाद, महासचिव पौडेलले खोले पार्टी भित्रको गोप्य कुरा

मोटिभेटन्यूज संवाददाता
६५३ पटक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री एबम् नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार संचालनमा एकलौटी ढङ्गले चलेपछि उत्पन्न भएको विवादले उग्ररुप लिएपछि पार्टी फुटको नजिक पुगेको छ ।

नेकपा महासचिवसमेत रहेको अर्थमन्त्री विष्णु पौडेलले पार्टी फुटका लागि अन्तिम चरणमा रहेको संकेत गरेका छन । पार्टी कार्यलय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डसँग छलफल गरेर फर्किएपछि महासचिव विष्णु पौडेलले परिस्थिति निक्कै गम्भीर मोडमा पुगेको प्रतिक्रिया दिदै पार्टी फुटको नजिक पुगेको संकेत गरेको हुन ।

भेटमा अध्यक्ष प्रचण्डले पनि पार्टीको परिस्थिति गम्भीर अवस्थामा रहेको तर समस्या समाधानहीन भने नरहेको बताए पौडेल निकट स्रोतले जनाएको छ । यसअघि बुधबार सचिवालय बैठक बस्नुअघि पनि महासचिव पौडेलले अध्यक्ष प्रचण्डसँग पार्टीभित्रको आन्तरिक विवादबारे छलफल गरेका थिए ।

शुक्रबार नै कार्यकारी अध्यक्ष प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच पनि भेटवार्ता भएको छ । उनीहरूबीच नेकपाभित्र चुलिएको विवाद समाधानबारे नै छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

गएको कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनप्रति प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट बनेका छन् । अध्यक्ष प्रचण्डले प्रस्ताव पेस गरे सँगै नेकपाभित्रको विवाद झनै बल्झिएको छ ।

अध्यक्ष प्रचण्डको प्रस्तावलाई लिएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गएको बुधबारको बैठकमा अध्यक्ष प्रचण्डविरूद्ध आक्रोश व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका लागि मङ्सिर १३ गतेसम्मको समय मागेका छन् । त्यसअघि विभिन्न चरणमा छुट्टाछुट्टै छलफल सुरु भएको हो ।

२०७७ मंसीर ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्