News Portal

नेकपाको विवाद मिलाउन चिनियाँ रक्षा मन्त्री नेपाल आउने

मोटिभेटन्यूज संवाददाता
११८ पटक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउन चिनियाँ रक्षमन्त्री वेइ फेङहे नेपाल आउने भएका छन । नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ औ वर्षगाँठको अबसर पारेर फेङहे नेपाल आउन लागेका हुन ।

चिनियाँ रक्षा मन्त्रालय र स्टेट काउन्सिलरको जिम्मेवारीसमेत सम्हालेका फेङहे नेपालमा चर्किएको नेकपाको विवादलाई साम्य पार्न चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा नेपाल आउन लागेका हुन ।

चीनले रक्षामन्त्री नेपाल आउने विषय नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयललाई जानकारी भइसकेको छ । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण निश्चित भएपछि सरकारले भ्रमणको तयारी थालिसकेको छ । चिनियाँ राजदुत छि याङ्चीले गरेको दौडधुपले सार्थता नपाएपछि चिनियाँ राष्ट्रपति सी चिङ फिङले रक्षा मन्त्रीलाई नै नेपाल पठाउन लागेका हुन ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले काठमाडौँमा आयोजना गरेको ‘युनानः सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’ मा उनी सहभागी हुने बताइएको छ।

चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्सका कमाण्डर रहेका फेङहे सन् २०१८ मार्चमा रक्षा मन्त्री नियुक्त भएका थिए। तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेलले गत वर्ष चीनको वुहानमा भएको विश्व सैन्य खेलकुदका क्रममा फेङहेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। त्यतिबेला फेङहेले उपयुक्त समयमा नेपाल आउने बताएका थिए। नेपाल फर्किएपछि मन्त्री पोखरेलले उनलाई भ्रमणको औपचारिक निम्तो पत्र नै पठाएका थिए।

२०७७ मंसीर ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्