News Portal

काठमाडौंमा एकैदिन थपिए ८९९ संक्रमित , कुन जिल्लामा कति सक्रिय संक्रमित ?

मोटिभेटन्यूज संवाददाता
१०४ पटक

काठमाडौं – बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना संक्रमित थपिएका छन् । संक्रमितमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७९६ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेकोमा मनाङ र मुगुमा १ जना पनि संक्रमित रहेका छैनन् ।

यस्तै काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

२०७७ मंसीर ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्