News Portal

जिल्ला/नगरका व्यवसायीहरुको समस्या समाधानका लागि मेरो उमेद्वारी

रेनुका बुढाथोकी
१३७ पटक

काठमाडौं – आगामी मंसिर ११, १२ र १३ गते नेपाल उद्योग बाणिज्य महासंघको ५४ बार्षिक साधारणसभा हुँदैछ । उक्त सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

आगामी नेतृत्वका लागि दुईवटा प्यानलबीच प्रतिश्पर्धा हुने पक्का भएको छ । बरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकाल र किशोर कुमार प्रधान प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन । चन्द्र ढकालको प्यानलबाट जिल्ला/नगर समूह अन्तरगत केन्द्रीय सदस्यमा उमेद्वारी दिएका छन कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले ।

कोहलपुरमा बसेर तीनवटा प्रदेशका व्यपारीहरुको सेवा गर्दै आएका अघिकारी आफ्नो जित सुचिश्चित भएको बताउँछन । कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका व्यवसायीहरुलाई सेवा गर्दै आएका अधिकारी आफ्नो सबैसँग घुलमिल हुनसक्ने स्वभावकै कारण साथिहरुले सहयोग गर्ने अपेक्षा गरेका छन ।

चुनावी प्रचार-प्रसारका क्रममा ६५ जिल्ला पुगेर भोट मागिसकेका  अधिकारी आफ्ना मौलिक एजेण्डका कारण विभिन्न जिल्ला र नगरका अध्यक्षहरुले आफूलाई मतदान गर्नेमा विश्वास लिएका छन । कर्णालीतिर एउटा उखान छ, ‘बाटोमै घर होस्, बाढ्न मिल्ने सम्पती होस् ।’ यो उखानले उनी भरिपूर्ण छन ।

कोहलपुर तीनवटा प्रदेशको केन्द्र हो । त्यहाँ आउने सबैलाई उनी स–सम्मान स्वगत गर्दै समस्यामा परेका जो–कोहिलाई सहयोग गर्न पछि पर्दैनन् । रातको १२ बजेपनि कसैलाई समस्या परे समाधान गर्न डौडिने स्वाभावका उनी त्यस क्षेत्रका सबैको प्रिय पात्र बन्न सफल भएका छन । त्यही भएर उनी अहिले कोहलपुर उद्योग बाणिज्य संघको अध्यक्ष जस्तो गरिमामय पदमा विराजमान छन ।

तीनवटा प्रदेशमा खाध्यन्न ढुवानी गर्दै आएका उनी पश्चिम नेपालका लगभग सबै नगर/जिल्ला अध्यक्षहरुका लोकप्रिय उमेद्वार हुन । महासंघ भित्रका विभिन्न विकृति विसंगतिहरुको अन्त्यका लागि उमेद्वारी दिएको बताउने उनी निर्वाचित भएपछि पहिलो बैठकबाटै एक्सनमा जाने तयारीमा छन् उनी । ‘विगत लामो समयदेखि महासंघको पहिलो बैठकले महत्वपूर्ण निर्णयहरु सचिवालयबाट गर्न सकिने गरी निर्णय गर्दै आइरहेको छ । यो एउटा रोगकै रुपमा रहेको छ ।’ मोटिभेट न्यूजसँग कुरा गर्दै अधिकारीले भने, ‘म निर्वाचित भएँभने यो निर्णय गर्न दिन्न ।’

सचिवालयले मात्र गर्ने निर्णयले देशभरका उद्योगी व्यवसायीहरुलाई समेट्न नसकेको भन्दै महत्वपूर्ण निर्णयहरु पूर्णकेन्द्रीय कमिटीको बैठकले गर्दा जिल्ला/नगरका व्यवसायीहरुले समेत स्वामित्व लिने उनको बुझाई छ । उनको अर्को चुनावी एजेण्डा हो महासंघले निकै उपेक्षा गरेको नगर/जिल्ला समूहलाई प्रभावकारी बनाउने । ‘अहिले महासंघलाई केन्द्रदेखि नगरपालिकासम्म जिवित राख्नका लागि जिल्ला नगरहरुले ठूलो भुमिका खेलेका छन ।’ उनी भन्छन्, ‘महासंघलाई जिवित राख्ने जिल्ला नगर समूहलाई केन्द्रले उपेक्षा गर्दै आएको छ । त्यसको अन्त्यका लागि मेरो उमेद्वारी हो ।’ महासंघमा बस्तुगत समूह र एशोसियट समूहको हालिमुहालीका कारण जिल्ला नगरका साना व्यवसायीहरु चेपुवामा परेको भन्दै त्यसका विरुद्धमा खरो रुपमा उत्रिएर प्रतिकार गर्ने उनको योजना छ ।

सामाजिक काम भनेपछि खाना खानसमेत विर्सिने उनी महासंघमा विजयी भएपछि सबैका गुनासाहरुको सम्बोधन गर्दै समस्या समाधानका लागि पूर्ण रुपमा समय खर्चिने उनको अठोट छ । ‘निर्वाचनमा विजयी भएपछि फोनसमेत नउठाउने समस्या धेरै जनामा देखेको छ’ आफ्नै घरमा भेटिएका अधिकारीले मोटिभेटसँग भने, ‘म राती १२ बजेपनि फोन उठाउँछु । मेरो व्यापार छोराले समाल्न थालिसकेकाले म फुर्सदमा छु । फोन नउठ्ने समस्या हुँदैन । व्यवसायीको जुनसुकै समस्या समाधान गर्न म जहिले पनि हाजिर हुनेछु ।’

 

अधिकारी १०६ ओटा जिल्ला/नगरका संघहरुले महासंघको अस्तित्व जोगाएको भन्दै साना व्यवसायीहरुको हकहितका लागि आफूले उमेद्वारी दिएको बताए । केन्द्र र जिल्ला नगर जोड्ने पुलको भुमिका निर्वाह गर्नका लागि आफू महासंघको केन्दीय सदस्यमा लडेको भन्दै उनले जिल्ला नगरका सबै साना व्यवसायीहरुको केन्द्रमा हुने कामको सहजिकरण गरिदिने प्रतिबद्धता व्यक्त गरे ।

‘व्यवसायीले साना-साना समस्यका लागि केन्द्रमा धाउनु पर्ने हुन्छ । सानो कामका लागि धेरै समय खर्चिएको मैले पाएको छु’, उनले भने, ‘म निर्वाचित भएँभने त्यस्तासालका समस्यामा समाधान गर्ने मेरो पहिलो प्रथमितका हुने छ ।’ आफू पूर्व–पश्चिम भनेर भेगिए हिसावले कसैसंग व्यवहार नगर्ने भन्दै जो–कोहि व्यवसायी आफ्ना लागि समान भएको उनको भनाईछ । ‘सुदुरपूर्वको व्यवसायी होस् वा सुदुरपश्चिमको व्यवसायी होस्, समस्या लिएर सहयोग माग्न आउने सबैलाई मेरो सहयोग रहन्छ’, उनले भने ।

व्यवसायीको सेवा गर्नकै लागि पुनर्जन्म

चुनाव प्रचार-प्रसारकै क्रममा मृत्युको मुखबाट बल्ल बल्ल जोगिएका छन् अधिकारी । पाल्पाबाट पूर्व आउदै गर्दा आफैले चलाएको गाडी दुर्घटना हुदा उनी भाग्यले बाँचेका छन् ।  त्यो दुर्घटना पश्चात आफूले पुनर्जन्म पाएको भन्दै व्यवसायीको सेवा गर्न भगवानले बचाएको उनको भनाई छ ।

पहिलो चरणमा पूर्वदेखि पश्चिमसम्म ६५ जिल्ला भ्रमण गरेका अधिकारी दोश्रो चरणको चुनाव प्रचार प्रसारका क्रममा कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुलाई भेटर फर्किकै गर्दा उनी दुर्घटनामा परेका थिए । चुनावकै मुखमा दुर्घटनामा परेका उनी आफ्नो पुनर्जन्मले व्यवसायीहरुको हकहित र सेवामा समर्पित हुने बताए ।

‘मैले साथीहरुलाई ठूलो गुन लगाएको रहेछु, दुर्घटनामा परेको बेलामा उहाँहरुले दिनुभएको साथ र सहानुभुतीले दुखेको घाउनमा मल्हम पट्टी लागेको अनुभव भएको छ’ उनले भने, ‘उहाँहरुको यो माया म कहिल्यौ विर्सिने छैन ।’

२०७७ मंसीर ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्