News Portal

कृषि विकास कार्यालयको गेटमा भेटियो बम

मोटिभेटन्यूज संवाददाता
७० पटक

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालय अगाडी बम भेटीएको छ । नेपाली सेनाको बम डिष्पोजल टोलीले मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरेको छ ।

सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीसहित सशस्त्र प्रहरी बल र सेनाको टोलीले निरीक्षण गर्दा बाल्टिन बम र सकेट बम रहेको पुष्टि भएको थियो । ती बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।

 

२०७७ मंसीर ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्