News Portal

कस्तो बानी भएका मानिसहरु सफल हुन्छन ?

शिव खेडा
१५३ पटक

काठमाडौं – हाम्रो व्यवहार कुनै कुरामा बानी पार्नुको परिणाम हो । जब हामी कुनै कुरा अपनाउने गछौं, त्यो हाम्रो स्वभाव बन्छ, हामीलाई त्यसैमा बानी पर्छ ।

रसियन बैज्ञानिक पाब्लोले आफ्नो कुकुरलाई प्रत्यक पटक घण्टी बजाएपछि खाना दिने गर्दा रहेछन् । खाना देखेपछि कुकुरले ¥याल चुहाउनु त स्वभाविकै भयो । बैज्ञानिक पाब्लोले केही समयसम्म यो प्रक्रिया दोहोर्याए छन । पछि उनले घण्टी बजाउने तर खाना चाँहि नदिने गरेछन् । तरपनि कुकुरको चाँहि ¥याल चुहिएछ, किनकि संधै घण्टी बजेपछि खाना आउँथ्यो ।

हाम्रा धेरैजसो व्यवहार बानीले नै बनाउने गर्दछन । हामी वरपरको वातावरण र संचार माध्ययमबाट पनि प्रभावित भइरहेका हुन्छौं । हामी रोबट जस्तै स्वचालित व्यवहार गछौं । त्यसैले सकारात्मक व्यवहारतर्फ उन्मुख हुनु हाम्रो कर्तव्य हो ।

हामी कुनै काम गर्न चाहन्छौं भने त्यो स्वचालित हुनुपर्छ । यदि हामी विचार गरेर राम्रो काम गर्ने प्रयास गर्छौ भने त्यस्तो गर्न हामीलाई गाह्रो पर्न सक्छ । अर्थात हामीले सोच विचार गरेर होइन कि सफल काम गर्ने स्पभाव बनाएर काम गर्नुपर्छ ।

म मार्शल आर्टको विद्यार्थी हुँदा के अनुभव गरेँ भने ब्ल्याक बेल्ड पाइसकेका खेलाडीहरु मुक्का हान्ने, मुक्का रोक्ने जस्ता प्राथमिक सीप सिकिरहेका थिए । किन त ? किन भने उनीहरुलाई ती सीपको आवश्यक पर्दा सहज रुपमा त्यसको प्रयोग गर्न सकियोस भन्ने ध्याउन्नमा थिए ।

पेशागत काम गर्नेहरुलाई तिनको काम सहज लाग्छ किनभने तिनीहरुले प्राथमिक सीपमा दक्षता हासिल गरेका हुन्छन । धेरै मानिसहरु राम्रो गर्नपर्छ भन्ने भावना राखेर काम गर्छन् तर जो स्वभाबै राम्रो गर्नसक्छन् तिनीहरु महान् हुन्छन । असल गुण अपनाउन गाह्रो छ तर असल गुणसँग जिउन सहज छ । खराव बानी सजिलै अपनाउन सकिन्छ तर खराव बानी व्यबहार अपनाएर बाँच्न गाह्रो हुन्छ ।

२०७७ मंसीर ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्