News Portal

नेपालका सांसद नै बुद्ध भारतमा जन्मेका हुन् भन्दै भारतमा आयोजना गरेको कार्यक्रममा विशिष्ट अतिथिकारुपमा सहभागी

मनिष गुप्ताकाठमाडौं
५१४ पटक
काठमाडौं

असोज २४, कपिलवस्तु – भारतले भगवान् गौतमबुद्ध आफ्नो भूमिमा जन्मिएको भनेर अफवाह फैलाउँदै गरेको एक कार्यक्रममा नेपालको प्रतिनिधिसभाका एक सांसद पनि सहभागी भएको खुलासा भएको छ ।

कपिलवस्तु-३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद अभिषेकप्रताप साह मंगलबार भारतले गरेको बुद्ध सर्किट राष्ट्रिय राजमार्ग ७३० को शिलान्यास कार्यक्रममा विशिष्ट अतिथिकारुपमा सहभागी भएको खुलासा भएको हो ।

भारतको सिद्धार्थनगरमा कृत्रिम बौद्ध विहार र लुम्बिनी बनाएर विश्व शान्तिका दूत गौतमबुद्ध भारतमै जन्मेको दाबी गर्दै भारतले प्रचार गरिरहेको छ ।

साह सहभागी भएको कार्यक्रमको ब्यानर र सम्मानपत्रमा नै ‘गौतमबुद्ध की जन्मस्थली जनपद—सिद्धार्थनगर मे’ भनेर लेखी विश्वसामु भ्रम छर्ने प्रयास गरिएको छ ।

नेपालका जिम्मेवार प्रतिनिधिसभाका सांसद नै यस्तो कार्यक्रममा सहभागी हुनु राम्रो नभएको बुद्धिजीवीहरुको भनाइ छ ।

कार्यक्रममा सहभागिता जनाएर साहले पनि गौतमबुद्ध भारतमा जन्मिएको स्वीकार गरेको भन्दै सामाजिक सञ्जालमासमेत चर्को आलोचना सुरु भएको छ ।

२०७५ असोज २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्