News Portal

बानीको विकास कसरी गर्ने ?

मोटिभेटन्यूज संवाददाता
१४३ पटक

काठमाडौं – एक पटक हात्तीको बारेमा सोचौं त जो आफ्नो सुँढले एक टनभन्दा बढी वजन उठाउँछ । कसरी त्यत्रो हात्तीले एउटै ठाउँमा बसिरहन सक्छ ? त्यो पनि एउटा पातलो डोरीको सहारामा । हात्तीलाई त्यसैगरी राख्ने बानी पारिएको छ र उ त्यसैगरी बस्छ ।

हात्ती सानो हुँदा उसलाई मोटो डोरीले बलियो रुखमा बाँधियो । उ आफूलाई छुटाउन ठूलो प्रयत्न गथ्र्यो तर असफल हुन्थ्यो । जति प्रयास गर्दा पनि फुत्कन सकिदैन भन्ने ठानेर उसले फुत्कन प्रयास गर्नै छोडिदिन्छ । उ ठूलो भएपछि मसिनो डोरीले बाँधेपनि चुपचाप उभिरहन्छ किनभने उसलाई डोरीबाट फुत्कन सकिदैन भन्ने धारणा बनिसकेको हुन्छ ।

उसले चाह्यो भने डोरी चुडाएर फुत्कन सक्छ चर उसलाई त्यो थाहा नै हुँदैन किनभने उसले त डोरी फुत्काउन नसकेको अनुभव मात्रै गरेको छ ।

जानेर नजानेर धेरै कुराको असर हामीलाई परिरहेको हुन्छ । र हामी त्यसै अनुसार व्यवहार गर्छौं । हामीलाई असर गर्ने धेरै कुराहरु
छन् । जस्तै, १) हामीले बढ्ने किताव २) हामीले हेर्ने टिभी कार्यक्रम ३) हामीले सुन्ने गीत संगीत ४) हामीले गर्ने संगत ।

गाडीमा हिड्दा हामी एउटै गीत सुनीरह्यौं र एक दिन टेप रेकर्डर विग्रियो भने हामी कुन धुन गुनगुनाइरहेका हुन्छौं ?

पागलपनको परिभाषा के हो भने एउटै काम बार–बार गर्नु र भिन्न नतिजाको अपेक्षा गर्नु । स्वाभाव परिवर्तन गर्न सबैभन्दा गाह्रो काम हो । जुन कुराले काम गरिरहेको छैन त्यसलाई विर्सन् र असल स्वभाव सिक्ने गर्नु सबैभन्दा उत्तम हो ।

२०७७ मंसीर १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्