News Portal

नेपाल प्रहरीका डिएसपी युवतीसहित रङ्गेहात पक्राउ

मोटिभेटन्यूज संवाददाता
२६८ पटक

धनगडी – कैलालीको ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी युवतीसँग भेटिएका छन । राती ९ बजेपछि सम्पर्कविहीन भएका चौधरी युवतीसँग रङ्गेहात भेटिएका हुन् ।

उनी हराएको खवर आएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राती नै टोली खटाइएको थियो भने प्रदेश प्रहरी कार्यालयबाटसमेत छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो । तर प्रहरी नायव उपरिक्षक चौधरी आज बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका छन् । स्रोतका अनुसार उनी ‘केटी’ सहित बिहान बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन ।

‘केटी लिएर बुढीतोला जानु भएको रहेछ, डिस्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नु भयो होला, यता सम्पर्क विहिन भएपछि खोजी हुन थाल्यो ।’ स्रोतले दिएको जानकारी अनुसार उनी केटीसहित रङ्गेहात समातिएका हुन । प्रहरीले उक्त घट्नालाई लुकाउन खोजेका छन् ।

यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहंले नायव उपरिक्षक चौधरी आज बिहान आफै सम्पर्कमा आएको बताएका छन् ।

युवतीसँग भेटीएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भईरहेको उनले बताए । प्रहरी वरिष्ठ उपरिक्षक सिहंल भने–‘सम्पर्कविहीन भएपछि खोजी गरेका हौं, उहाँ नेटवर्क नभएको ठाउँमा जानुभएको रहेछ, सम्पर्कमा आइसक्नु भएको छ ।’

उनका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भनेपनि उनीसँग अन्य प्रहरी अधिकृत भने गएका थिएनन् । चौधरीलाई अहिले जिल्ला प्रहरीका कार्यालय कैलालीमा राखिएको छ ।

२०७७ मंसीर ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्