News Portal

भारतीय विदेशसचिव श्रृंगला काठमाडौं आइपुगे

मोटिभेटन्यूज संवाददाता
७७ पटक

काठमाडौं – भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।

विदेश सचिव श्रृंगला बिहीबार बिहान चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा नेपाल आएका हुन् । विदेश सचिव बनेपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।
श्रृंगलाले आजै परराष्ट्र सचिव पौड्यालसँग भेटवार्ता गर्नेछन् भने उच्चस्तरीय भेटघाटमा समेत सरिक हुने कार्यक्रम छ । भेटवार्तामा द्विदेशीय राजनीतिक नक्सा र सीमांकनको विषयलाई प्राथमिकतामा राखेर वार्ता हुने भएको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । विदेश सचिव श्रृंगला नेपाल रहँदासम्म द्वारिका होटेलमा बस्नेछन् । भारतीय विदेश मामिला मन्त्रालयले यसअघि नै विदेश सचिव श्रृंगलाको भ्रमण औपचारिक हुनुका साथै नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता रहेको बताएको थियो ।

२०७७ मंसीर ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्