News Portal

विदेशसचिव स्तरीय बैठक सम्पन्न, के–के भयो छलफल ?

मोटिभेटन्यूज संवाददाता
१२५ पटक

काठमाडौं – नेपाल–भारत विदेशसचिव स्तरीय बैठक सम्पन्न भएको छ। दरबारमार्गस्थित याक एण्ड यति होटलमा भएको बैठक भर्खरै सकिएको हो।

बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगलाले छलफल अत्यन्त सकारात्मक भएको बताए। छलफलको राम्रो सुरुआत भएको छ, उनले भने, दुई देशबीचका समस्याहरु समाधान गर्नेबारे छलफल भएको छ, यसलाई अत्यन्त सकारात्मक रुपमा लिएका छौं ।

विदेशसचिव श्रृंगला आज बिहान काठमाडौं आइपुगेका हुन्।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव भरतराज पौड्यालले गरेका थिए।

बैठक सकिएपछि भारतीय विदेशसचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै छुट्टा(छुट्टै भेटवार्ता गर्दै छन्।

 

२०७७ मंसीर ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्