मोटिभेटन्यूज संवाददाता

महोत्तरी – चार बुँदे सहमतिपछि बिहीबार बिहानदेखि महोत्तरीको बर्दिवासमा जनजीवन सामान्य बने पनि दिउँसोदेखि फेरि प्रदर्शन भएको छ ।
बालिका हत्याको विषयलाई लिएर विरोध स्वरूप तेस्रो दिन पनि महोत्तरीमा प्रदर्शन भएको हो, स्थानीय बासिन्दाले बर्दिवासमा टायर बालेर प्रदर्शन गरेका हुन् । बजार, शिक्षण संस्था, उद्योगहरू बिहीबार पनि खुल्न सकेनन् । सम्सी र गौशालामा पनि प्रदर्शन भएको छ ।
बर्दिवास नगरपालिकाको कार्यालयले प्रेस विज्ञप्ति निकालेर मृतक बालिका र गोली लागेर ज्यान गुमाएका दुवै घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने जनाएको छ । नगरपालिकाले मृतकका परिवारलाई दुई लाख ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
२०७७ मंसीर ११ गते प्रकाशित
