
काठमाडौं – पछिल्लो समय नेपाली सिनेमाको पाश्र्वसंगीतमा प्रभावशाली उपस्थिति जनाएका संगीतिक क्षेत्रको सफल तथा व्यस्त गायक तथा संगीतकार अर्जुन पोखरेलको एकल-साँझ हुनेभएको छ। बिन्दावासिनी फाउन्डेसनको आयोजनामा यही असोज २७ गते राष्ट्रिय नाचघरमा हुने उक्त कार्यक्रममा मुक्तिनाथ बिकाश बैकको प्रस्तुति रहनेछ भने कार्यक्रममा संगीतकर अर्जुन पोखरेलले सृजना गरेका गीतहरुमा अहिलेका फरक-फरक बिधाका गायक-गायिकाहरुको प्रस्तुती रहनेछन।
सो कार्यक्रममा गायिकाहरु अन्जु पन्त, दुर्गा खरेल, मन्जु पौडेलका, साथै गायकहरु प्रमोद खरेल, सुगम पोख्रेल, शिव परियार, रामजी खाड, निशान भट्टराई, सुरेश लामा आदि कलाकारहरुको गीत प्रस्तुत हुनेछन । संगीतकार अर्जुन पोखरेल संगीतकार मात्र नभइ उनी एक सफल गायकको साथै संगीतको राम्रो गुरु समेत परिचित छन् ।
यो साँझमा संगीतकार शक्ति वल्लभ लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिने छ भने गायक सुगम पोखरेललाई संगीत रत्न सुगम सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।
२०७५ असोज २४ गते प्रकाशित
