News Portal

अब वामदेवलाई हराउन कांग्रेसले उपयुक्त उम्मेदवार छान्छ : कांग्रेस प्रवक्ता शर्मा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१०८८ पटक
काठमाडौं

असोज २४, काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नम्बर–७ मा हुने निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताएरै छाड्ने बताएका छन्।

शर्माले सांगठानिक रुपमा बलियो पकड रहेको क्षेत्र भएकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमसँग प्रतिष्पर्धा भएपनि आफ्नै पार्टीका उम्मेदवार विजयी हुने दावी पनि गरेका छन् ।

शर्माले भने – ‘‘५ वर्षका लागि निर्वाचित प्रतिनिधिले जनातासँग गरेको बाचालाई ताडेर क्षेत्र खाली गराउने कुरै गलत हो । जनताले ५ वर्षसम्म तिमी संसदभन्दा बाहिर बस भनेर भनिएको मान्छेले उमेदवार बन्ने कुरापनि गलत हो । यो गलत राजनीतिक संस्कृति हो,’’ नेकपाले यसअघिको निर्वाचनमा पराजित नेता गौतमका लागि भनेर निर्वाचन क्षेत्र खाली गरे कांग्रेसले उपयुक्त उमेदवार उठाएर निर्वाचन जित्ने शर्माले दाबीसमेत गरे ।

‘हेनुहोस्, प्रतिनिधिसभामा वामगठबन्धनका उम्मेदवारसँग कांग्रेस–राप्रपा गठबन्धनका उम्मेदवार ८ हजार मतअन्तरले पराजित भए, तर कांग्रेसका प्रदेशसभाका एक उम्मेदवार १ सय भोट र अर्का उम्मेदवार ७ सय भोटले मात्रै पराजित भएका थिए,’ शर्माले भने।

ने क पाका नेता गौतमका लागि भनेर खाली गराइन लागिएको काठमाडौं– ७ मा कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य अर्जुनरसिँह केसी, डा. प्रकाशशरण महत, धनराज गुरुङ, प्रदीप पौडेल, प्रवक्ता शर्मा लगायतको नाम सम्भावित उमेदवारका रुपमा चर्चामा छ ।

२०७५ असोज २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्