News Portal

लक्ष्य प्राप्ति गर्न पढ्नैपर्ने पाँच टिप्सहरू

मोटिभेटन्यूज संवाददाता
१८७ पटक

काठमाडौं – सफलताका लागि लक्ष्य सबैभन्दा ठूलो हतियार हो । जसको लक्ष्य हुँदैन उ कहिपनि पुग्दैन् । धेरैको लक्ष्य त हुन्छ तर अपूर्ण र अप्रयाप्त हुन्छ । तसर्थ, आज हामी तक्ष्यलाई परिस्कृत गर्दै लक्ष्य प्राप्तिको मार्गमा हिडाउन ५ ओटा टिप्सहरु यहाँहरुको माझमा प्रस्तुत गर्दैछौं । जुन यस प्रकार छन् ।

१) लक्ष्यलाई मूर्त बनाउनुहोस्

लक्ष्य तय गरिसकेपछि त्यसलाई मूर्त रुप दिनपर्छ । जस्तै, परिक्षामा राम्रो अंक ल्याउछु भन्ने अमूर्त लक्ष्य हो, परिक्षामा सत्तरी प्रतिशत ल्यउछु भन्नु स्टष्ट लक्ष्य हो ।

२) समयसीमा तोक्नुहोस्

लक्ष्य प्राप्तिको निश्चित समयसीमा तोक्नुहोस् । जस्तै, म ल्यापटप किन्छु मात्र भन्ने हो भने काममा सुस्तता आउछ । म तीन महिनाभित्र (मंसिर माघ १६ गते) ल्यापटप किनिछाड्छु भनि समयले बाध्नुपर्छ ।

३) ब्रेन स्ट्रोमिङ

लक्ष्य निर्धारण गरिसकेपछि उक्त लक्ष्यलाई प्राप्त गर्ने सम्भावित उपायहरुको खोजी गरी टिपोट गर्नुहोस् । उद्देश्य साकार पार्ने संभावित उपाय, सूत्र वा तरिकाबारे जति सकिन्छ त्यती बुँदा बनाउने र यीनैमध्ये जुनजुन कामलाग्छ त्यसैको फलो गर्ने ।

४) इण्डिकेटर बनाउनुहोस्

लक्ष्यलाई सम्झाइ रहने एउटा इण्डिकेटर तयार पार्नुहोस् । जसले हरपल तपाईलाई लक्ष्य सम्झाइरहनेछ । धेरैले ऐन आगाडी आफ्नो लक्ष्यको बारेमा लेखेर राखेका हुन्छ तकी ऐना हेर्दा त्यो लक्ष्य देखियोस् । जस्तै, पाणिनीको इ. आफैले चिरेर बनाएको हस्तरेखा थियो भने जेक केनफिल्डको पैसाको नोट ।

५) प्रतिज्ञा जोड्नुहोस्

जबसम्म म यो पुस्तक लेखिसक्दिन तबसम्म म बाहिरै निस्किन्न या यदि मैले यो कार्यलाई पूर्णता दिन सकिन भने म खाना खानै छोड्दिनेछु जस्ता लक्ष्यप्रप्तीकमा दबाब सृजना गर्ने प्रतिज्ञा गर्नुहोस् ।

२०७७ मंसीर १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्