News Portal

फेरी बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

मोटिभेटन्यूज संवाददाता
१६६ पटक

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ सय रुपैँयाले बढेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ५ सय रुपैँया र तेजावी सुन प्रतितोला ९० हजार ५० रुपैँयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार रुपैँया र तेजावी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार चांदीको मूल्य पनि बढेर प्रतितोला १ हजार १ सय ५५ रुपैँयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १ सय २० रुपैँयामा कारोबार भएको थियो ।

२०७७ मंसीर १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्